शहरी गरीब आवास योजनाअन्तर्गत निर्मित घरको उद्घाटन

IMG-20230527-WA0312.jpg

गान्तोक: पूर्व सिक्किमको तादोङ समष्टिअन्तर्गत ६ माइल लामिछाने गाउँमा सिक्किम सरकारको शहरी गरीब आवास योजनाअन्तर्गत निर्माण गरिएको एउटा घरको आज उद्घाटन गरियो। क्षेत्र विधायक जीटी ढुङ्गेलको बाहुलीबाट घरको विधिवत उद्घाटन गरियो। घरको उद्घाटनपछि विधियाकले लाभार्थी देवी माया छेत्रीको परिवारलाई चाबी हस्तान्तरण गर्दै गृहप्रवेश गराए।

उल्लेखनीय छ, जसरी ग्रामीण क्षेत्रका गरीब परिवारलाई पक्का घर बनाएर दिने सरकारको योजना सिक्किम गरीब आवास योजना छ त्यसरी नै शहरी क्षेत्रका गरीब परिवारको निम्ति घर बनाइदिने सरकारको योजना हो सिक्किम शहरी गरीब आवास योजना। यस योजनाअन्तर्गत सिक्किमभरि ५ सयभन्दा अधिक घर बनाउने लक्ष्य छ भने तादोङ समष्टिमा ९५ वटा घर बनिनेछ। प्राप्त जानकारीअनुसार तादोङ समष्टिमा निर्माण हुने ती ९५ वटा घर मध्ये ५० प्रतिशतको निर्माणकार्य पूरा भइसकेको छ। यसमा क्षेत्र विधायक जीटी ढुङ्गेलले नजिकबाट निगरानी राखिरहेका छन्।

कच्चा घरमा बस्दै आएको श्रीमती देवी माया छेत्रीको परिवारले यसरी सरकारबाट सित्तैमा पक्का घरसँगै धरमा चाहिने आवश्यक बस्तु जस्तौ सोफा, टीभी, पलङ, भाँड़ाकुड़ा आदि पनि पाउँदा हर्ष वय्क गरेको छ। यसको निम्ति उक्त परिवारले राज्य सरकार, मुख्यमन्त्री प्रेम सिंह तामाङ र क्षेत्र विधायक जीटी ढुङ्गेल प्रति आभार व्यक्त गरेका छन्।

सिक्किम शहरी गरीब आवास योजनाअन्तर्गत सरकारले भान्साघर र शौचालचसहितको चार कोठाको घर निर्माण गरिदिने गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *