राब्देञ्चीमा प्रभावकारी शैक्षिक कार्यशाला आयोजित

IMG-20230527-WA0307.jpg

गान्तोक: जिल्ला प्रशासनिक केन्द्रको पहलमा आज राब्देञ्चीस्थिति जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा विद्यालयका प्रतिनिधिहरूलाई प्रभावकारी शैक्षिक कार्यशाला आयोजना गरियो। यस एक दिवसीय कार्यशालामा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा, सीईओ सुब्बिहा जी. लगायत विभिन्न विद्यालयका प्राचार्य, प्रधानाध्यापक लगायत गैर सरकारी संस्थाका सदस्यहरूले पनि सहभागिता जनाएका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य पुस्तकालयको पुनरुत्थान, विद्यार्थी र शिक्षकहरूमा पढ्ने बानीको बसाउन रहेको थियो।‘पढन र लेखन कार्यशाला’ शीर्षक कार्यक्रम गेजिङ जिल्लाअन्तर्गत शैक्षिक वातावरणलाई अभिवृद्धि गर्ने उद्देश्यले पुस्तकालयहरूलाई थप आकर्षक र पहुँचयोग्य बनाउने रणनीति प्रस्ताव राखेको थियो। जिल्लापालले सबैको सहयोग र संलग्नताको लागि आह्वान गर्दै विद्यालयका युवा प्रोबेशनरी शिक्षकहरूलाई स्रोत व्यक्तिको रूपमा र अन्ततः सामुदायिक स्तरमा नेतृत्व लिनको लागि सुझाउ दिएकी छन्। उनले विशेष गरी पुस्तकहरू राख्ने ताक विद्यार्थीहरू पढ्ने ठाउँहरू खुला रहनु पर्ने जानकारी गराएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *