देन्ताममा एसकेएम सरकारको चौथो स्थापना दिवस पालन

si-6

देन्ताम: मानेबुङ देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत देन्तामस्थित अनिता राईको निवासस्थानमा एसकेएम पार्टीले सरकार गठन गरेको चार वर्ष पूरा भएकोमा भव्यरूपमा बार्षिकउत्सव पालन गरियो। विगत २०१९ मा आजकै दिन प्रेमसिङ तामाङ गोलेको नेतृत्वमा रहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले एसडीएफ सरकारलाई सत्ताच्यूत गरी जनताको सरकार बनाउन सफल भएको थियो। त्यही उपलक्ष्यमा आज सिक्किमभरि खुसियाली मनाईरहेको छ। यही अवसरमा आज मानेबुङ देन्ताममा पनि शिक्षा विभागका सल्लाहकार मोहन प्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पश्चिम जिल्लाका जिल्ला पञ्चायत उपाध्यक्ष श्रीमती अनिता राई, जन सूचना विभाका सल्लाहकार बिरेन्द्र तामलिङ, सेब्को अध्यक्ष जेबी तामलिङ, जल संसाधन विभागका अध्यक्ष पेमा शेर्पा, पूर्व विधायक दिपक कुमार गुरुङ, लगायत पार्टीका संस्थापक सदस्यहरूको पनि उपस्तिथि रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *