खस छेत्री बाहुन कल्याण संघले जनायो उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान

IMG-20230527-WA0303.jpg

सोरेङ: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघ सोरेङ शाखाले आज टिम्बुरबुङस्थित सामुदायिक भवनमा एउटा कार्यक्रम आयोजना गरेर सोरेङ-च्याखुङ समष्टिका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान जनायो। सोरेङ-च्याखङ समष्टि अन्तर्गत शैक्षिकसत्र २०२२-२३ -मा दसौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अंक लिएर उत्तीर्ण ८८ जना विद्यार्थीहरुलाई संघले सम्मान जनाएको हो। मोठ १० वटा स्कुलका बोर्ड परीक्षामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सभाध्याक्षको रूपमा उपस्थित जेष्ठ नागरिक बेनुलाल भट्टराईको हातबाट उक्त सम्मान हस्तान्तरण गरियो।

कार्यक्रममा वयोवृद्ध ९२ वर्षीय बेनुलाल भट्टराई लगायत अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघ सोरेङ शाखाका अध्यक्ष विनोद बस्नेतसहित सम्पूर्ण कार्याकरणी सदस्य, वरिष्ठ नागरिक, बौद्धिक जमात, विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

सोरेङ शाखाका अध्यक्ष विनोद बस्नेतले विद्यार्थीहरुलाई अझै उच्च शिक्षाको निम्ति अभिप्रेरित गर्न यसरी अब्बल विद्यार्थीहरुलाई सम्मान जनाएको बताए। संघले यस वर्ष प्रथमपल्ट विद्यार्थीहरुको निम्ति सम्मान कार्यक्रम आयोजना गरेको अनि भविष्यमा पनि प्रतिवर्ष यस्तो कार्यक्रम सम्पन्न गरी अब्बल विद्यार्थीहरुलाई सम्मान गरिने सोरेङ शाखा अध्यक्ष बस्नेतले अभिव्यक्ति प्रकट गरे। उनले विद्यार्थीहरुलाई आउँदो दिन र भविष्यको निम्ति अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको तर्फबाट शुभकामना व्यक्त गर्दै विद्यार्थीहरलाई तिखार्न रातदिन खटेर विद्यार्थीहरुलाई मार्ग दर्शन गर्ने अभिभावक र शिक्षक-शिक्षिकाहरुलाई पनि शाखा अध्यक्ष बस्नेतले कृतज्ञता व्यक्त गरे।

सम्मान कार्यक्रममा स्रोत वक्ताको रूपमा उपस्थित नाम्ची सरकारी महाविद्यालयका प्रोफेसर डा. योगल किशोर शर्माले सम्मानित विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले शिक्षालाई प्राथमिकता दिइरहेको छौँ तर विद्यालाई त्यति प्राथमिकता नदिइएको अवस्था छ भने। विद्यार्थीहरुले परीक्षा उत्तीर्ण गरेको तर अब जिन्दगीको कठिन परीक्षामा उत्तीर्ण हुन रातदिन मेहनत गर्नुपर्ने उनले अपिल गरे। उनले विद्यार्थीहरुलाई प्रोत्साहित गर्दै राजालाई उनको देशमा मात्रै पूजा गरिने तर विद्धानलाई संसारले नै सम्मान गरिने हुँदा शिक्षालाई भन्दा विद्यालयलाई उच्च प्राथमिकता दिनुपर्ने जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *