अण्डर-१७ फूटबलः ब्रदर्स युनाइटेड र सुबोथ फूटबल एकाडमी विजयी

photocollage_202352722469922.jpg

२७ मईः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा ब्रदर्स युनाइटेड फूटबल एकाडमी र सुबोथ फूटबल एकाडमीले प्री-क्वार्टर फाइनलमा स्थान बनायो । शनिवार खेलिएको पहिलो म्याचमा बिदुर छेत्रीको प्रशिक्षणमा रहने ब्रदर्स युनाइटेड एफए-ले शान्तिरानी, सोनादालाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट राहुल राईले २ र इशाक राईले १ गोल गरे। यसरी अन्य एउटा म्याचमा सुबोथ फूटबल एकाडमीले यूसीएफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राकेश कुजुर र एमानुएल मुर्मुले गोल गरे। यसरी यूसीएफसी-बाट अञ्जुम कार्कीले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *