ममताले जिन्दल परिवारको जमीनमा नयाँ उद्योगको घोषणा

00-1-Rajya-Samachar-4

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले जङ्गलमहलमा एकपल्ट फेरि भारी रोजगारको आश्वासन दिएकी छन्। शनिवार शालबनीमा सम्बोधन गरिरहेको समय ब्यानर्जीले स्टील प्लान्ट बाहेक शालबनीमा अझ् एक ठूलो उद्योग हुने बताइन्।

जिन्दल समूहले शालबनीमा स्टील प्लान्ट बनाइरहेछ। यसको निम्ति उसले ठूलो जमीन लिएको छ। तर पूरा जमीनको उपयोग भएन यसैले औद्योगिक समूहले मुख्यमन्त्रीको निर्देशानुसार अतिरिक्त भूमि राज्य सरकारलाई फर्काएको छ। राज्य सरकारले त्यस अप्रयुक्त भूमिमा उद्योग विकसित गर्नेछ।

ममताले यहाँ धेरैले रोजगार पाउने बताइन्। यस सन्दर्भमा मुख्यमन्त्रीले भनिन्, जिन्दल समूहले अप्रयुक्त जमीन फिर्ता गरेको छ। यहाँ ठूला उद्योग लगाइनेछ। धेरैले रोजगार पाउनेछन्। यद्यपि, उनले उद्योग के हुनेछ, यस विषयमा स्थिति स्पष्ट गरिनन्।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *