मुख्यमन्त्री प्रेमसिंह तामाङको सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादसँग भेट

IMG-20230527-WA0304.jpg

गान्तोक: दिल्ली भ्रमणको क्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले शुक्रबार साँझ राज्यका पूर्व राज्यपाल गंगा प्रसागसँग भेट गरे। सार्वजनिक सेवा र एकताको भावनालाई उजागर गर्दै मुख्यमन्त्रीले पूर्व राज्यपालसँग भेट गरेको बताइएको छ। भेटको क्रममा मुख्यमन्त्री तामाङले जनहित र नागरिकको हितमा पूर्व राज्यपालले गरेका कामको प्रशंसा गर्दै उनको सुख र सुस्वास्थ्यको कामना गरेका छन्। उल्लेखनीय छ, पूर्व राज्यपाल गंगा प्रसादले सिक्किम राज्यको विकास हेतु उल्लेखनीय कार्यगर्नको निम्ति राज्य सरकारलाई वातावरण सृजना गरेको थियो। उनको सोही योगदानको कारण राज्यमा शान्ति, एकता र भाइचारा अहिलेसम्म कायम रहेको छ। उनको यस महत्वपूर्ण योगदानको स्मरण गर्दै मुख्यमन्त्रीले दिल्ली भ्रमणको क्रममा भेट गरेका हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *