माक्रापाडाको काली मन्दिरलाई १० वटा सिमेन्टको बेन्च प्रदान

349126348_263049976249146_5700508711962150388_n

माक्रापाडाः मदारीहाट खण्ड अन्तर्गत माक्रापाडामा भुटानको सीमा मै अवस्थित डुवर्सको धार्मिक स्थलहरू मध्ये एक माक्रापाडाको काली मन्दिर पनि हो। पर्यटनको प्रचुर सम्भावना बोकेको डुवर्सको यस मन्दिरलाई धार्मिक पर्यटन स्थल पनि मानिन्छ। जहाँ राज्यका कुना कुनाबाट मात्रै नभएर राज्य बाहिरका भक्तजनहरू पनि आफ्नो आस्था र विश्वासको शिर झुकाउन र भाकल पुरा गर्न साथै प्रार्थना चढाउन आउँछन्। यो मन्दिरमा भक्तजनहरूको सुविधाहरूलाई ध्यानमा राख्दै  मन्दिर समितिद्वारा आयोजित कुनै एउटा कार्यक्रममा लंकापाडा निवासी समाजसेवी जुगेश राईले विशेष अतिथिको आसनबाट बोल्दै मन्दिरलाई दशवटा सिमेन्टले निर्माण गरिएको बेन्च प्रदान गर्ने वचन दिएका थिए।

आज एउटा कार्यक्रमको माध्यमबाट उक्त वचनलाई पुरा गर्दै जुगेश राई अनि सुवाष मुखियाले संयुक्त रूपमा मन्दिरलाई दसवटा बेन्च साथै मन्दिरको पुजारी लगायत मन्दिरमा सेवा गर्ने सातजना सेवकहरूलाई वस्त्र प्रदान गरेका छन्। आजको उक्त कार्यक्रममा जुगेश राई, सुवाष मुखिया, पूजारी सन्दिप चक्रबर्ती अनि बिनेस राई लगायत त्रिवेणी संघका सदस्यवर्ग अनि काली मन्दिर समितिका सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। उहाँहरूको यस प्रकारको महत कार्यलाई कदर गर्दै माक्रापाडा त्रिवेणी संघको तर्फबाट संघका अध्यक्ष सबिन थापाले हार्दिक धन्यबाद ज्ञापन गरेका छन् भने मन्दिर समितिका अध्यक्ष किशोर कुर्मीले आभार व्यक्त गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *