गोर्खा जनपुस्ताकालय खरसाङको सभा सम्पन्न

IMG-20230527-WA0282.jpg

खरसाङ: भारतीय नेपालीहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको कार्यकारिणी सदस्यहरूको सभा उपाध्यक्ष प्रकाश प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा विभिन्न विषयहरूमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभामा विशेष गरेर गोर्खा जनपुस्ताकालय खरसाङको आजीवन सदस्य एंव शिक्षाविद शान्ति प्रधानको निधनमा गहिरो शोक प्रकट गर्दै श्रध्दाञ्जली अर्पण गरिएको छ। पुस्तकालयको आयोजनामा आफ्नो आजीवन सदस्या शान्ति प्रधानको निधनमा आगामी ३१ मईको दिन संयुक्त रूपमा श्रध्दाञ्जली सभाको आयोजना गरिने भएको छ। त्यसरी नै गोर्खा जनपुस्ताकालय खरसाङको आगामी ८ जूनको दिन आफ्नो स्थापना दिवस पनि पालन गर्ने भएको जानकारी पुस्तकालयको उपाध्यक्ष ऋषि राईले दिएका छन्। सभामा पुस्ताकालयको अन्य पदाधिकारीहरू र सदस्यहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *