तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने कार्यहरूका शिलान्यास जीटीए चिफ् अनित थापाले गर्ने

IMG-20230527-WA0276.jpg

तीनधारे: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने कार्यहरूका शिलान्यास कार्य जीटीए चिफ् अनित थापाको बाहुलीबाट भोलि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा एकैचोटि गरिने भएको छ। भोलि २८ मईको दिन हुने कार्यक्रम स्थलको आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधि टोलीले निरीक्षण गरेका थिए। उक्त निरीक्षण कार्य तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरूले गरेका थिए। भोलि २८ मई आईतबारको दिन तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने जल जीवन परियोजनाको कार्यहरूका शिलान्यास, तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउने कार्यको शिलान्यास लगायत अन्य धेरै कार्यहरूका शिलान्यास जीटीए चिफ् अनित थापाले एकैचोटि गर्ने भएको छ। उक्त शिलान्यास कार्यक्रमसितै तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा ख्यातिप्राप्त गायक पुष्पन प्रधानको विशेष प्रस्तुति पनि रहने भएको छ। त्यसरी नै म्युजिक तीनधारेको विशेष सांगीतिक प्रस्तुति पनि रहने भएको जानकारी प्राप्त भएको छ। भोलि हुने कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म र समाजसेवी बिनयकुमार छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *