के-लीगः कालेबुङ जिल्ला पुलिसको एकतर्फी जीत

photocollage_2023527192315969.jpg

२७ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा कालेबुङ जिल्ला पुलिसले एकतर्फी जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा शनिवार खेलिएको पहिलो म्याचमा कालेबुङ जिल्ला पुलिसले सेसोनिअन एफसी-लाई ५-१-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट सप्तक छेत्रीले २ गोल गरे। यसबाहेक लेण्डुप लेप्चा, प्रबेश रोय र अजय तामाङले १-१ गोल गरे। सेसोनिअन एफसी-बाट लोण्डुपले १ गोल गरे। सप्तक छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *