सानो गाउँ वजनदार गाउँ: गोथल्स साइडिङ

00-1-P-3

गाउँका सशक्त घडेरी नवीन ग्राम सुधार सामाजको स्वर्ण जयन्ती     

टीआरआई समाचार  

खरसाङ: दार्जीलिङ पहाडी भेकको एउटा सानो गाउँ गोथल्स साइडिङ एउटा यस्तो ठाउँ हो, जसको सम्बन्ध भारतीय हक्की खेलसित गाँसिएको छl सन् १९५२ मा हेलसिन्कीमा भएको ओलम्पिकमा स्वर्ण पदक जित्ने भारतीय हक्की टोलीका एक दिग्गज खेलाडी चमनसिंह गुरुङ (सी.एस. गुरुङ) यसै गाउँका हुन्l खरसाङ बजारदेखि करिब ५ किलोमिटर टाडोमा अवस्थित यो सानो गाउँ गोथल्स साइडिङ आज उदाहरणीय गाउँको रुपमा अग्रगामी पथमा लम्किसकेको छl गोथल्स साइडिङ नवीन ग्राम सुधार समाज गतिशील हुनुको कारणले नै यो गाउँ उदाहरणीय बन्दै अघि बढिरहेको छl

यो सानो गाउँ गोथल्स साइडिङले भारतीय नेपाली समाजलाई धेरै होनहार वजनदार व्यक्तिहरू दिन सफल भएको छ

नवीन ग्राम सुधार समाजले कयौं हुरी-बतास, आँधीबेरी, घामपानी झेलेर गाउँको जनजीवनलाई परिष्कृत, विकसित बनाउने मार्गमा डोर्याउँदै ल्याएको यसपाली पचास वर्ष पूरा भएको छl नवीन ग्राम सुधार समाजको स्वर्ण जयन्तीको कार्यक्रम २७ मई शनिबार समाजकै निजी समाज घरमा भव्य रुपमा हर्षोल्लासका साथ पालन गरियोl यस स्वर्ण वर्षको अवसरमा समाजले आफ्नो स्मारिका प्रकाशित गरेको छl समाजका अध्यक्ष वीरेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुख्य अतिथि रहेका जीटीएका सूचना एवं सांस्कृतिक विभागका सभासद अनोश थापा, विशिष्ट अतिथिहरू सभासद नुरी शेर्पा, गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष श्रीमती आशा लामा मुखिया, खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएसनका सचिव निर्मल गुरुङ, सुपरिचित उद्घोषक उमेश कार्कीडोलीको बाहुलीबाट समाजको स्मारिका विमोचन गरियोl नेपाली र अंग्रेजी भाषामा प्रकाशित गरिएको यो स्मारिकाको प्रमुख सम्पादक अमित लम्जेल सार्की रहेका छन्l नेपालीको सम्पादक श्रीमती रेश्मा दियाली थापा हुन् भने समन्वयक अल्फन्स लेप्चा छन्l अंग्रेजी भागका सम्पादक विशाल सार्की हुन्l यस स्मारिकामा गोथल्स साइडिङ, नवीन ग्राम सुधार समाजको बारेमा लेखहरू छन् भने संस्मरणका साथमा कविताहरू पनि समेटिएका छन्l           

नवीन ग्राम सुधार समाजले गाउँ हरेक विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्न सम्बर्धना जनाउँने परम्परा बसालेको छl यसै स्वर्ण जयन्तीको कार्यक्रममा माध्यमिक र आईसीएसई परीक्षामा अब्बल दर्जा हासिल गर्ने विद्यार्थीहरूलाई सम्बर्धना जनाइयोl यो सानो गाउँ गोथल्स साइडिङले भारतीय नेपाली समाजलाई धेरै होनहार वजनदार व्यक्तिहरू दिन सफल भएको छl यसै कार्यक्रममा नेपाली समाजका विशिष्ट व्यक्तित्वहरू बीएसएफका अवकाश प्राप्त डेपुटी कमान्डेन्ट कृष्णबहादुर सार्की (सन् १९७१ र कारगिल युद्धका योद्धा- प्रधानमन्त्री राजीव गान्धीद्वारा पुलिस मेडलले सम्मानित), स्व० चमनसिंह गुरुङ (ओलम्पिक स्वर्ण पदक विजेता-), आईएएस अधिकारी डनबस्को लेप्चा, डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस (डीएसपी) दिलकेशर सार्की, भारतीय सेनाका मेजर सन्दीप छेत्री, आकाशवाणी सिलगढीका प्रोग्राम एक्जेक्युटिभ अमित लम्जेल सार्की, स्टेसन सुपरिटेन्डेन्ट श्रीमती निमा डोमा तामाङ (विद्युत विभाग पश्चिम बङ्गाल), सफ्टवेयर इन्जिनियर अन्जिता लोम्जेल (इंग्ल्याण्ड सरकार), योगिता सार्की (पीएचडी- बायो टेक्नोलोजी) लाई सम्मान जनाइयोl यस कार्यक्रममा प्रेमुश भुटियाले रमाइलो गराउँदै दुर्व्यसन बारे सचेतनामूलक वक्तव्य प्रस्तुत गरेl

नवीन ग्राम सुधार समाजले विभन्न सामाजिक कार्यहरूका साथमा दुर्व्यसन, मानव तस्करीजस्ता जल्दाबल्दा सामाजिक समस्याहरू विरुद्ध अभियान चलाउँदै जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गर्ने गरेको छl यसका साथै गाउँमा स्वास्थ्य शिविरहरूका साथमा रक्तदान शिविरहरू पनि आयोजना गर्ने गरेको छl समाजले मानव मूल्यलाई प्रमुखता दिँदै आफ्नो गाउँ बाहेक आपदविपद परेका अन्य गाउँहरूमा पनि राहतहरू सहयोग गर्ने गरेको छl रेश्मा दियाली थापाद्वारा संचालन गरिएको यस स्वर्ण जयन्तीको कार्यक्रममा गाउँकै कलाकारहरू खुबै रमाइला गीत र नृत्यहरू प्रस्तुत गरेl

    

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *