गाउँमा उच्च अदालत छ, मेडिकल कलेज छ, तर गाउँको नहरमा पुल बन्न सकेको छैन

IMG-20230527-WA0210.jpg

जलपाईगुडी: वर्तमानमा, पहारपुर जलपाईगुडी सदर खण्डको हरेक दृष्टिकोणबाट एक महत्त्वपूर्ण क्षेत्र हो। यस पहारपुर ग्राम पञ्चायतमा मेडिकल कलेज र कालकत्ता हाईकोर्टको जलपाईगुडी सर्किट बेन्चको स्थायी संरचना बनिरहेको छ। तर अचम्मको कुरा यो पञ्चायतका बासिन्दाको दैनिकी बर्खा याममा भने कष्टकर छ ।यस पञ्चायतअन्तर्गत जमिन्दारपाडाको नहरमा पुल बनाउन पञ्चायतसँग पैसा छैन। वर्षायाममा आवतजावतका लागि नहरमाथि बाँसको पुल बनाउन गाउँले आफैं वर्षौंदेखि बाध्य छन्।
यस वर्ष पनि बाँसको पुल बनाउने काम भइरहेको छ। गाउँका विद्यार्थी युवराज राईले विद्यालय जानका लागि यो नहर पार गर्नुपर्ने भएकाले मनसुन साँच्चै डरलाग्दो हुने बताए। लामो समयसम्म पुल नबन्दा गाउँले आक्रोशित हुने क्षेत्रका उपप्रमुख बेनु रञ्जन सरकार बताउँछन्, तर पुल बनाउन करिब ४० लाख रुपैयाँ लाग्ने भए पनि हामीसँग त्यति रकम छैन ।यसपटक पञ्चायतको निर्वाचनमा गाउँलेहरुले विवेकका साथ भोट हाल्नु पर्ने गाउँलेहरुको भनाइ छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *