बंगलादेशी नागरिक भएको आशंकामा लगाए पुलिस को जिम्मा

Screenshot_20230527_184801_WhatsApp.jpg

सिलगढी: बंगलादेशी भएको आशंकामा स्थानीयहरुले एक युवकलाई पक्राउ गरेका छन्। घटना शनिबार सिलगढीको महाकुमाको फांसीदेवाको भारत-बंगलादेश सीमाको बन्दरगाच क्षेत्रमा भएको हो। स्रोतका अनुसार उकत युवक बिहानैदेखि सो क्षेत्रमा घुमफिर गरिरहेका थिए। त्यसपछि स्थानीयहरुलाई शंका लागे पछि समातेका थिए। युवकलाई सोधपुछ गर्दा युवकको मुखबाट एक शब्द पनि निस्केन। त्यसपछि फांसीदेवा पुलिस चौकीलाई खबर गरियाे। पुलिसले युवकलाई पक्राउ गरी सोधपुछका लागि पुलिस चौकी लगेका छन्। तर, ती युवा बंगलादेशी नागरिक हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *