गाउँलेहरूद्वारा बीडीओ अफिस घेराउ गरेर विक्षोभ प्रदर्शन

IMG-20230526-WA0286.jpg

नक्सलबारी: नक्सलबारीको हुदुभिटामा सलिड वेस्ट म्यानेजमेन्ट परियोजना बन्द गरिनुपर्ने माग गर्दै आज गाउँलेहरूले बीडीओ अफिस घेराउ गरेर विक्षोभ प्रदशन गरे। गाउँलेहरूको आरोप अनुसार फोहोर मैलाको दुर्गन्ध, मच्छर र झींगाले गाउँ भरिएको छ। गाउँमा फोहोर मैला ल्याउन बन्द गर्नुपर्ने तथा गाउँलाई प्रदूषित गर्न बन्द गरिनुपर्ने माग गर्दै गाउँलेहरूले आज नक्सलबारी बीडीओ कार्यालय घेराउ गरेर विरोध प्रदर्शन गरे। नक्सलबारी ग्राम पञ्चायत तथा नक्सलबारी थानामा एउटा ज्ञापन पत्र चढाए। यस विषयमा नक्सलबारी प्रधान जयन्ती किरोले बताएअनुसार यसबारेमा कार्य भइरहेको छ। पहिला सो परियोजना नजिक घरहरू थिएन। हाल त्यहाँ घरहरू निर्माण भएकोले गर्दा यो समस्या श्रृजना भएको हो। कम्पोस्ट मसिनको काम शुरू भएपछि सो समस्याको समाधान हुनेछ। अर्कोतिर, नक्सलबारीका बीडीओ अरिन्दम मण्डलले भने, गाउँलेहरूको समस्या सुनेपछि तीन महिनाको समय लिएको थियो। अप्पर बाघडुग्रामा प्लान्टको कार्य चलिरहेको छ। कम्पोस्ट तथा प्लास्टिक रिसाइकल मसिन ल्याइएको छ। चाँडै कार्य शुरू भए समस्याको समाधान हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *