राङभाङ उच्चतर माध्यमिक विद्यालयको परीक्षा उत्कृष्ट  

IMG-20230525-WA0265.jpg

सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्ड अन्तर्गत सबै माध्यमिक विद्यालयको यस वर्षको माध्यमिक अनि उच्चतर माध्यमिक परिक्षा परिणाम विद्यालयहरूमा उत्कृष्ट रह्यो। सुके मानेभन्ज्याङ समष्टि अन्तर्गत राङभाङ उच्चतर माध्यमिक विद्यालयबाट यस वर्ष ७४ जना विद्यार्थीहरूले माध्यमिक परीक्षा दिएका थिए। माध्यमिक परीक्षामा सय प्रतिशत विद्यार्थी उत्कृष्ट अंक लिएर उत्तीर्ण बनेका छन्। जसमा ६ जना  विधार्थीहरु क्रमैले नवदिप राई ७२.४५, पुकार राई ६४.५७, आयुष गुप्ता ६७.५७, अनमोल कालिकोटे ६५.२८, किन्चो लेप्चा ६८, उमङ राई ६०.८५ प्रतिशत अंक लिएर प्रथम स्थानमा आएका  छन्।  ७२.४ प्रतिशत अंक प्राप्त गरेर छात्र नवदिप राई स्कूल टपर भएका छन्। यसे विद्यालयबाट उच्च माध्यमिक परीक्षामा पनि सय प्रतिशत उत्कृष्ट अंक लिएर उत्तीर्ण साथै १० जना विद्यार्थी क्रमैले रोशनी तामाङ ७०.४, रिया राई ७०.४, अवनेश राणा ६८.८, सत्य थापा ६६.२, बिना राई ६५.८, आर्यन राई ६५.६, निकिता छेत्री ६५, रिशिका गुरूङ ६४.२ सयजल छेत्री ६३.८, अंकित गुरूङ ६० प्रतिशत अंक लिएर प्रथम स्थान ओगट्न सक्षम बनेकोमा विद्यालय परिवार गौरवान्वित बनेका छन्। यस सुखद क्षणमा विद्यालयका प्रधानाध्यापिका अनुराग राईले विध्यार्थी अनि अभिभावकवर्ग प्रति बधाई अनि शुभकामना व्यक्त गरेका छन्। उनले नानीहरूको अथक परिश्रमले सफलता हासिल गरेकोमा विद्यालय परिवार गौरवान्वित बनेका छौ विद्यार्थीहरुको अझ उत्तरोत्तर प्रगतिको कामना राख्दै बधाई तथा शुभकामना टक्र्याएका छन्। माध्यमिक परीक्षामा सन्तोषजनक परिणाम प्राप्त भए पनि विज्ञान तथा कला विधामा सुकेपोखरी उच्चतर माध्यमिक विद्यालयबाट ९६ जना विद्यार्थीले परीक्षा लेखेका थिए भने ८५ प्रतिशत उतीर्ण बने। कलामा आठजना तथा विज्ञानबाट दुइजना विद्यार्थी प्रथम बने भने ७९.२ प्रतिशत अङ्क ल्याएर लेडेन डुक्पा स्कूल टप्पर बने। उत्कृष्ट अंक लिएर उत्तीर्ण विद्यार्थीलाई विद्यालय परिवार, विद्यालय संचालन समिति, सुके मानेभन्ज्याङ समष्टि कार्यकरनी सभासद उदय देवान, समेत मन्च अनि युवक संघ सुकेपोखरीका संयोजक फुर्वाछिरिङ शेर्पा लगायत समष्टिका विभिन्न संघ संस्थाले बधाई अनि शुभकामना व्यक्त गरेका छन्। ‘सय प्रतिशत अंक लिएर उत्तीर्ण सक्षम बनेकोमा विद्यालय अनि विद्यार्थीसँगै सुके मानेभन्ज्याङ समष्टि गौरवान्वित बनेका छौं’, भनी सभासद देवानले सचारकर्मीहरुलाई बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *