पोली हाउस निर्माण गर्ने सम्पर्ण सरसामान वितरण

00-1-IMG-20230519-WA0139

सुकेपोखरी: पश्चिम बंगाल राज्यको एफपीआई अनि हर्टीकल्चर बिभागको प्रयोजनबाट जोरबङलो सुकेपोखरी खण्डको पुलुङदुङ ग्राम पञ्चायतका लाभ्यार्थी कृषकलाई एमआईएचडी योजनाअन्तर्गत पोली हाउस निर्माण गर्ने सम्पर्ण सरसामान बितरण गरियो। जीटीए बागवानी विकास बिभागको देखरेखमा जिटिऐ क्षेत्रका कृषकलाई उन्नत उत्पादन गर्न सहज अनि सुविधा हुने उदेश्य राखेर सरसामान बितरण गरिने कार्य सम्पन्न भइरहेका छन्। जोरबङगलो सुकेपोखरी खण्ड बिकास कार्यालय परिसरमा सम्पन्न बितरण कार्यक्रममा जिटिऐ जिल्ला बागवानी विकास बिभागय जिल्ला अधिकारी देवजित बासिक, अतिरिक्त अधिकारी अर्का प्रभा सरकार,खण्ड बिकास अधिकारी सामीरूल इस्लाम, खण्ड कृषि विकास बिभागय अधिकारी अनुरब पहरी, बागवानी बिभागका दिनेश थापा लगायत अन्य अधिकारी बिशेष उपस्थितति रहेको थियो। उपस्थित बिभागय अधिकारीले सबैलाई यसको उचित सदुपयोग गरेर उन्नत उत्पादन गरेर उधाहरणानिय बन्ने अनुरोध गरे ।यस सम्बन्धित बिषय लिएर बागवानी बिभाग जिल्ला अधिकारी देवजित बासिकले सचार माध्यमलाई विस्तृत जानकारी दिएका छन्। लाभ्यार्थी कृषकको पक्षबाट आर एस सुब्बाले राज्य सरकार, खण्ड बिकास कार्यालय, खण्ड कृषि बिभाग अनि बागवानी विकास बिभाग जिटिऐ प्रति आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *