चितुवाको हमलामा बाइक सवार घाइते

00-1-Chheriya-Samachar

सिलगढ़ीः चितुवाको हमलामा एक बाइक सवार घाइते भएको छ। घटना खोरीबाड़ी प्रखण्डको बुरागंजमा बिहीवार अबेर राति घटेको हो। घाइते व्यक्तिको नाम झोरू सिंह बताइएको छ। प्राप्त जानकारी अनुसार, हिजो राति झोरू सिंह पानीटंकीबाट काम गरी बाइकमा घर फर्किरहेको थियो। तब फूलबाड़ी चिया कमान भएर गईऱहेको समय एउटा चितुवाले उनीमाथि अचानक हमला गऱ्यो। चितुवाले यति तीव्र गतिमा हमला गऱ्यो कि उनी केही समयका लागि स्तब्ध रहे। चितुवाको हमलामा उनी भाग्यले बाँचे। यद्यपि, उनको शरीरमा चितुवाको पंजाले घाउँ भयो। घटनापछि उनी तुरन्तै खोरीबाड़ी ग्रामीण अस्पताल पुगे। जहाँ घाउँको उपचार गराए।

घाइते झोरू सिंहले भने, म कामबाट घर फर्किरहेको थिए। तब अचानक फूलबाड़ी चिया कमान क्षेत्रमा चितुवाले ममाथि हमला गऱ्यो। चितुवाको हमलाले म यसैले बाँचे किनभने मेरो बाइक तेज रफ्तारमा कुदिरहेको थियो। चितुवाको हमलापछि म सीधा खोरीबाड़ी ग्रामीण अस्पताल पुगे। जहाँ चिकित्सकहरूले प्राथमिक उपचारपछि मलाई घर जान दिए।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *