एउटै मात्र रुखबाट पानी टप्केको हेर्न मानिसहरूको घुँईचो

a522b440-2405-4fab-9b52-f617f973dc76

कालचिनीः विज्ञानले चरम प्रगति गरिरहेको यस युगमा विज्ञानलाई सर्वेसर्वा मान्दै आइरहे तापनि अझै पनि विज्ञान नबुझेका मानिसहरूले प्राकृतिक परिघटनाहरूलाई चमत्कारको रुपमा मान्दै आइरहेको देखिन्छ। जब प्राकृतिक घटनालाई हामी बुझ्न सक्तैनौ र वैज्ञानिक विश्लेषण गर्न सकिन्दैन तब हामीलाई सबै कुरा नै चमत्कार लाग्न थाल्छ। यस्तै प्राकृतिक घटनाक्रमले हाल डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको मेचपाड़ा ८ नम्बर चियाबारीको १५ वाईटी सेक्सनमा रहेको एउटा रुखको टुप्पोबाट पानी टपटप चुहुनाले त्यो सबैको लागि अचम्म र उदेकको विषय बन्न पुगेको छ।

उक्त सेक्सनमा रहेको अन्य रुखहरू सबै सामान्य सुखा रहेको तर उही एउटै रुख जसलाई स्थानीय मानिसहरू टुनीको रुख भनेर चिन्ने गर्छन त्यसको टुप्पा र हाँगा अनि प्रशाखाहरूबाट पानी तपतप चुहिरहेकोले अहिले उक्त रुख हेर्न मानिसहरूको घुँईचो लाग्न थालेको छ। यो पानी कहाँबाट कसरी चुहेको कसैले रहस्य खोल्न नसकेकोबीच केही गाउँलेहरूले यसलाई चमत्कार भन्दै रुखको फेदमा फुल चढ़ाएर पूजा पनि गर्न थालेको देखिएको छ भने कसैले रुखबाट चुहेको पानी बोतलमा भरेर लैजान थालेको छ। यद्यपि यसबारे किन पानी चुहेको कसैले टिप्पणी गर्न असहमति जनाएका छन्। कमानको सेक्सनमा भीड़ लाग्न थालेकोले यता कमानका प्रबन्धनपक्षले भने चिन्ता व्यक्त गर्न थालेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *