लेबोङ बदमताम समष्टिमा हाम्रो पार्टीको युवा शक्ति गठन

IMG-20230515-WA0275.jpg

निर्वाचित पदाधिकारीहरूले हाम्रो पार्टीको भिजनलाई घर घरमा पुर्याउने लिए संकल्प

दार्जीलिङ: हाम्रो पार्टी युवा शक्ति लेबोङ बदमताम समष्टिको गठन गरिएको छ। दार्दिलिङको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा आज हाम्रो पार्टी युवा शक्तिको सभा सम्पन्न भयो। उक्त सभामा युवा शक्तिको प्रमुख संयोजक राब्गे राई अनि सह-संयोजक आशिष छेत्री विशेष रूपमा उपस्थित रहेका थिए। उक्त सभामा धेरै लामो चर्चा परिचर्चा पछि हाम्रो पार्टी युवा शक्ति लेबोङ बदमताम समष्टिको गठन भएको छ जसमा सर्वसहमति अनुरूप युवा अध्यक्ष अनिल राईलाई चयन गरियो। त्यसै गरी महासचिवको पदमा किरण राईलाई चयन गरिएको छ। युवा शक्तिको अन्य पदभारको निम्ति अविलम्ब चयन गरिने भएको छ। दार्जीलिङ पार्वतीय क्षेत्रलगायत तराई डुवर्स आदि क्षेत्रहरूमा हाम्रो पार्टीको सांगठनिक सभा साथै कमिटि गठन आदि जस्ता कार्यहरू निरन्तर रूपमा चलिरहेको हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। आजको सभामा निर्वाचित पदाधिकारीहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवर्ड्सको इमान्दारितालाई घर घरमा पुर्याउने संकल्प पनि लिएको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *