एमजी कोमेट ईभी-को साथ अर्बन मोबिलिटीको नयाँ युग शुरु

IMG-20230515-WA0207.jpg

१५ मईः एमजी मोटर इण्डियाले आफ्नो आउँदो इलेक्ट्रिक कारको नाम खुलासा गरेको छ। चाँड़ै एमजी कोमेट ईभी भारतीय बजारमा लञ्च हुन गइरहेको छ अनि यसको नाम साल १९२९-मा ईंग्ल्याण्ड-अष्ट्रेलिया म्याकरोबर्टसन एयर रेसमा प्रयोग गरिएको हवाई जहाजसँग इन्स्पायर छ। दुईवटा दैलो भएको यो इलेक्ट्रिक कार हेर्नुमा निक्कै क्यूट छ अनि यसमा असाधारण फीचर्स पनि रहेको छ। एमजी कोमेट ईभी-लाई CASE (Connected, Autonomous, Shared, Electric) मोबिलिटी को रूपमा भारतीय बजारमा लञ्च गरिनेछ।
एमजी कोमेटलाई विशेष रूपले अर्बन मोबिलिटीको रूपमा पेश गरिने योजना रहेको छ। वास्तवमा एमजी आफ्नो कोमेट ईभी-को माध्यमले मानिसहरूलाई यस्तो मोबिलिटी सोल्यूशन दिन चाहन्छ, जसले मानिसहरूलाई पार्किंगको समस्याबाट मुक्ति दिलाउनको साथै ईंधनको खर्च बचाउनमा पनि सहायता गर्नेछ। वास्तवमा अहिले शहरहरूमा ठूलो कारहरू पार्क गर्नु झण्झट बनेको छ। यस्तो स्थितिमा एमजी कोमेट सानो ईभी भएको हुनाले यसले अधिक जग्गा लिँदैन। यसको साथमा यसलाई सजिलैसँग साँघुलो गल्लीहरूमा पनि चलाउन सकिनेछ।
१० लाख रुपियाँदेखि शुरु हुनेछ मूल्यः
एमजी कोमेट ईभी बारे अहिलेसम्म प्राप्त जानकारी अनुसार, यस इलेक्ट्रिक कारको मूल्य १० लाख रुपियाँदेखि शुरु हुनेछ अनि १५ लाखसम्म जान सक्नेछ। एमजी कोमेट ईभी-लाई स्ट्याण्डर्ड व्हीलबेस र लंग व्हीलबेसको जस्ता दुईवटा भेरिएण्ट्समा पेश गरिने सम्भावना रहेको छ।
एमजी कोमेट ईभी-मा असल फीचर्स अनि अधिक रेञ्जः
एमजी कोमेट ईभी-लाई ३० केडब्ल्यु अनि ५० केडब्ल्यु को ब्याटरी अप्शन्सको साथ पेश गरिन सक्छ अनि यसको ब्याटरी रेञ्ज २००-देखि ३०० किलोमीटरसम्म हुन सक्छ। यसरी फीचर्सको कुरा गर्दा एमजी कोमेटमा टचस्क्रीन इन्फोटेनमेण्ट सिस्टम, वायरलेस स्मार्टफोन कनेक्टिविटी, अटोनोमस अनि कनेक्टेड कार टेक्नोलजी सहित अझ धेरै विशेषताहरू रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *