गम्भीर घाइते भएका सुदेश राईलाई सहयोगको लागि आहवान

IMG-20230408-WA0112.jpg

सिलगढी: सुदेश राई,  रिङटाङ चिया बारी माली बस्ती निवासी, पोस्ट सुनदह, दार्जीलिङ- गत  ११ मई २०२३ बिहीबारको दिन काम गर्दा माथिबाट लडेर निकै तल झरेका थिएl यसले गर्दा  उनको एउटा खुट्टा तीन ठाउँमा भाँचिएको छ भने मेरुदण्डमा गम्भीर चोट लागेको गोर्खा च्यारिटेबल हस्पिटलका सचिव हिमालयन वेल्फेयर अर्गनाइजेसनका सुरेन प्रधानले बताएका छन्l सुरेन प्रधानले एक विज्ञप्ति जारी गरेर बताएअनुसार सुदेश राईलाई त्यसै राति दार्जीलिङ इडेन अस्पतालमा भर्ना गरिएको रहेछ र त्यसै राति मेडिकल कालेज रेफर गरिएको भए पनि राति पेसेन्टलाई इडेन हस्पिटलमै राखियोl भोलिपल्ट उनलाई सिलगढीको एउटा निजी नर्सिङ होममा भर्ना गराएको उनले बताएका छन्l ‘सुदेश राई विपन्न परिवारबाट भएको हुनाले गोर्खा च्यारिटेवल हस्पिटल तथा हिमालयन वेल्फेयर अर्गनाइजेसनलाई गुहार लगाएको हुनाले हाल हामी दैनिक रूपमा जाँदै बिरामीसित भेट गर्दै नर्सिङ होमका डाइरेक्टर तथा उनको उपचारमा खटिरहेका न्युरो तथा अर्थोपेडिक सर्जनसँग कुरा गरिरहेका छौं’, सुरेन प्रधानले विज्ञप्तिमा बताएका छन्।  मेरुदण्डमा गम्भीर चोट लागेको हुनाले हाल आईसीयुमा राखिएको छ भने पहिला उनको खुट्टाको अप्रेशन गरेपछि मेरुदण्डको अप्रेशन गर्ने परामर्श डाक्टरहरुले दिएको विज्ञप्तिमा बताइएको छ।  विज्ञप्तिमा सुदेश राईलाई नयाँ जीवन दिनका लागि सबै सर्वसाधारणलाई आहवान गरिएको छl उनलाई सहयोग गर्नका लागि ब्यांक खाता विवरण यस प्रकार छन्:-

नाम: शिला राई (बिरामीको आमा)

एसबीआई सोनादा

अकाउन्ट न०:  ३५०००३०२८९७

आईएफएससी कोड :  एसबीआईएन ००१५३१३

जीपे:  ७४०७७२७८५९

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *