तामसङमा हाम्रो पार्टीको सभा, समर्थन जनाउनेहरूको घुइचो

IMG-20230515-WA0107.jpg

दार्जीलिङ: हाम्रो पार्टीको सांगठनिक सभा र पार्टीमा समर्थन जनाउनेहरूको ओइरो लागेको छ।यसै क्रममा चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत तामसाङमा हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभामा हाम्रो पार्टीको दार्जीलिङ महकुमा समिति अध्यक्ष पूरण तामाङ विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै हाम्रो पार्टी युवा शक्तिको संयोजक राप्गे राई,सह संयोजक आशिष छेत्री, सह संयोजक बिक्कल राणा आदि उपस्थित रहेका थिए।त्यसरी नै चुङथुङ मेरीबुङ तामसाङ समष्टि अध्यक्ष सत्येन घले, महासचिव विशाल दर्नाल, विदुष थापा,किशोर थामी आदि उपस्थित थिए। सांगठनिक सभामा उपस्थित भीड लाई हाम्रो पार्टीको भिजन साथै पार्टीको लक्ष्य बारे जनाउने कार्यहरू भयो। यसैक्रममा हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्स को इमान्दारितालाई मन पराउँदै १७ परिवारहरूले हाम्रो पार्टीको झण्डा समाए। समर्थन जनाउन आएका समर्थकहरूलाई पार्टीको नेतृत्व हरूले न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सोम्पिए। समर्थकहरूले पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई धर धरमा पूराउने संकल्प लिए।सभामा समष्टिमा पार्टीलाई दरिलो बनाउनलाई हाम्रो युवा शक्ति कमिटिको गठन पनि गरियो, जसमा सर्वसमति अनुरूप अश्वविन लकान्द्रीलाई अध्यक्ष चयन गरियो।त्यसरी नै महासचिव चीरण थापा,कार्यकारिणी सदस्यहरूमो छोगेन तामाङ,नवाङ राई, सिद्वार्थ तामाङ,राहुल राई र असिम राईलाई चयन गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *