भी (Vi)-को रु ३६८ र रु ३६९ मासिक रिचार्जले प्रदान गर्दछ सन नेक्स्ट र सोनी लिभ सदस्यताको साथ २ जीबी दैनिक डेटा

IMG-20230427-WA0121.jpg

२७ अप्रेलः भारतको अग्रणी दूरसंचार सेवा प्रदायक भी-ले दुईवटा मनोरञ्जनले भरपूर रिचार्जहरू ल्याएको छ, जसले देशभरिका प्रिपेड प्रयोगकर्ताहरूलाई अतुलनीय मनोरञ्जन-समृद्ध अनुभव प्रदान गर्नेछ। यी योजनाहरू १ महिनाको वैधताका साथ आउँछन् र असीमित कलहरू, १०० एसएमएस/दिन, ओटीटी लाभहरू र २ जीबी दैनिक डेटाको लाभहरू प्रदान गर्छ। भी-को ३६८ रुपियाँको रिचार्जले प्रिपेड प्रयोगकर्ताहरूलाई टिभी र मोबाइलमा सननेक्स्टको सदस्यता प्रदान गर्छ। यसको साथमा तपाईले प्रति दिन २ जीबी डेटा, असीमित कल र प्रति दिन १०० एसएमएसको फाइदाहरू प्राप्त गर्नुहुनेछ। यस प्याकको टेल्को र गैर-टेल्को लाभहरूको वैधता ३० दिनको छ। सननेक्स्ट ४००० भन्दा बढी चलचित्र, १०,००० भन्दा अधिक भिडियो अन डिमान्ड सामग्री र ३३ लाइभ टिभी च्यानलहरूको साथ क्षेत्रीय मनोरञ्जनको लागि लोकप्रिय एप बनेको छ।
यसरी भी-को रु ३६९ को रिचार्जमा प्रिपेड प्रयोगकर्ताहरूले ३० दिनसम्म सोनी लिभ-को कण्टेण्ट, मोबाइल मार्फत लाइभ स्पोर्टिङ एक्शन र प्रति दिन २जीबी डेटा, असीमित कल र १०० एसएमएस प्रतिदिनको मजा लिन सक्नेछन्। यस रिचार्ज मार्फत, भी प्रयोगकर्ताहरूले सोनी लिभ-को लोकप्रिय ओरिजिनल्स, चलचित्र, शो, लाइभ खेलकुद, विशेष सामग्रीको मजा लिन सक्छन्। सही अर्थमा असीमित डेटा अनुभव प्रदान गर्ने भी-को नयाँ रु ३६८ र रु ३६९ प्याकहरूले अन्य फाइदाहरू पनि प्रदान गर्दछ, जस्तै सप्ताहन्तमा २०० जीबी सम्मको डेटा रोलओभर, राति १२ बजेदेखि बिहान ६ बजेसम्म नाईट अनलिमिटेड डेटा आदि।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *