२१ हजार २७५ करोड़ रुपियाँमा बिक्यो भारतीय महाद्वीपमा आईपीएलको प्रसारण अधिकार

IMG-20220613-WA0143.jpg

१३ जूनः साल २०२३-देखि २०२७-सम्म हुने आउँदो चक्रको निम्ति इण्डियन प्रीमियर लीग (आईपीएल)-को प्रसारण अधिकार हासिल गर्नको निम्ति चलिरहेको ई-अक्शन (लिलामी)-मा पहिलो दुई सर्वाधिक बोलीको पत्तो लागेको छ। भारतीय उपमहाद्वीपमा टीभी प्रसारण अधिकार हासिल गर्ने प्याकेज ए-मा सर्वाधिक बोली ५७.५ करोड़ रुपियाँ प्रति म्याचको रह्यो। भारतीय उपमहाद्वीपमा डिजिटल प्रसारण अधिकारको निम्ति प्याकेज बी-मा सर्वाधिक बोली ४८ करोड़ रुपियाँको लगाइयो। आइतवार शुरु भएको ई-अक्शनमा प्याकेज ए र बी-मा एकसाथ बोली लगाउने प्रक्रिया शुरु भयो। आइतवार प्याकेज ए-को अन्तिम बोली ५७ करोड़ अनि प्याकेज बी-को ४८ करोड़ रुपियाँ थियो। यसरी १०५ करोड़ ५० लाख रुपियाँ प्रति म्याचको संयुक्त राशिले आईपीएल-लाई विश्वको सबैभन्दा महँगो लीगहरूका सूचीमा पुऱ्यायो। टीभी प्रसारण अधिकार भएको प्याकेजको अन्तिम बोली र निर्धारित आधार मूल्यमा १७.३ प्रतिशतको बढ़ोत्तरी भयो। यसको साथै डिजिटल प्रसारणको प्याकेजको रकममा पनि ४५.४ प्रतिशतको बढ़ोत्तरी भयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *