राज्यका ब्याडमिण्टन खेलाडीहरूलाई पुलेला गोपिचन्दले दिए टिप्स

IMG-20220615-WA0133.jpg

गान्तोकः राज्यका युवा ब्याडमिन्टन खेलाड़ीहरूका निम्ति आजको दिन विशेष रह्यो। साइना नेहवाल र पीभी सिन्धु जस्ता अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाड़ीहरूलाई प्रशिक्षण दिइसकेका अनि स्वयं पनि आफ्नो समयका एक सफल खेलाड़ी रहेका भारतका प्रमुख राष्ट्रिय प्रशिक्षक पुलेला गोपिचन्दले आज गान्तोकमा उनीहरूसित करिब एक घण्टा समय बिताए। यस अवधि उनले युवा खेलाड़ीहरूलाई कसरी एक सफल ब्याडमिन्टन खेलाड़ी बन्न सकिन्छ भन्ने बारेमा धेरैवटा टिपस दिए। युवा खेलाड़ीहरूले पनि गोपिचन्दसित खुलेर धेरैवटा प्रश्न गरे। पछि पत्रकारहरूसित कुराकानी गर्दै उनले सिक्किमका खेलाड़ीहरूमा धेरै जोश र प्रतिभा रहेको बताउँदै सही अवसर र सुविधा पाएको खण्डमा भविष्यमा राम्रो खेलाड़ी बन्नसक्ने बताए। उनले यस अन्तरक्रियालाई फलदायत बताए। उल्लेखनीय छ, हिजो राजधानीको पाल्जोर इन्डोर जिम्नाजियम हलमा सम्पन्न दोस्रो गभर्नर्स पक च्याम्पियनशीपको फाइनल म्याचमा विशिष्ट अतिथिको रुपमा सहभागी बन्न गान्तोक आएका हुन् २००१का अल इङ्गल्याण्ड ब्याडमिन्टन च्याम्पियन पुलेला गोपिचन्द। हिजोको फाइनल म्याचमा राज्यका राज्यपाल र मुख्यमन्त्रीदेखि लिएर क्याबिनेट मन्त्रीहरूको सक्रिय सहभागिताबाट उनी धेरै प्रभावित भएका छन्। यसरी राज्यपाल, मुख्यमन्त्री अनि मन्त्रीहरूले ब्याडमिन्टन खेलको निम्ति यति धेरै समय दिनु भनेको यस खेलको निम्ति विशेष कुरा हो भन्दै उनले यसमा प्रशन्नता जाहेर गरे। यसले विशेष गरेर राज्यका युवा खेलाड़ीहरूलाई थप प्रोत्सहान मिल्ने उनले बताए। खेलकुदको विकासमा सिक्किम सरकारको गम्भीरतालाई ध्यानमा राखेरे भोलीको दिनमा ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया र गोपिचन्द ब्याडमिन्टन एकाडेमीको पक्षबाट सिक्किमका खेलाड़ीहरूको निम्ति जे सम्भव हुन्छ त्यो गर्न तयार रहेको पनि उनले थप बताए। पहिलोपल्ट सिक्किम आएका अर्जुन अवार्ड, द्रोणाचार्य अवार्ड, पद्मश्री र पद्मभूषण अवार्ड विजेता पुलेला गोपिचन्दले यस भर्मणलाई आनन्ददायक बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *