हाम्रो पार्टीद्वारा अग्नि पीडित सुनिल राईलाई सहयोग

00-1-IMG-20230325-WA0095

मिरिक: मिरिक नगरपालिका वार्ड नम्बर ६ निवासी सुनिल राईको घर गत वर्ष दिसम्बर महिनामा आगलागीको कारण जलेर स्वाह भएको थियो। अग्नि पीडित सुनिल राईको परिवार हाल अस्थायी घरमा बस्दै आइरहेका छन् भने उनलाई सहयोग गर्न हाम्रो पार्टी फेरि अघि आएको बताइएको छ। पीडित राईको परिवारलाई पक्का घर निर्माणको निम्ति हाम्रो पार्टी मिरिक महकुमा अध्यक्ष प्रशान्त लामाको अगुवाईमा शुक्रबार साँझ एक गाडी बालुवा अनि एक गाडी गिटी प्रदान गरिएको बताइएको छ। यसबारे अवगत प्रशान्त लामाले अग्नि पीडित सुनिल राईलाई पार्टीको पक्षबाट थप पचास ब्याक सिमेन्ट, एक गाडी बालुवा अनि गिटी सहयोग गर्ने बताएका छन्। उनले विगतमा पनि राईलाई पार्टीको पक्षबाट बीस हजार रूपियाँ सहयोग गरिसकेको बताएका छन्। अर्कोतिर पीडित सुनिल राईले आफ्नो परिवारलाई सहयोगको निम्ति हाम्रो पार्टीप्रति आभार प्रकट गरेका छन्। तथापि  हालसम्म सम्बन्धित विभागबाट भने जस्तो सहयोग नपाएको उनले बताएका छन्। विभागले आगलागी भएको समय आएर जानकारी लिए पनि हालसम्म कुनै प्रकारको सहयोग प्राप्त नभएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *