पाकिस्तानलाई पराजित गरी इतिहास रच्यो अफगानिस्तानले

IMG-20230325-WA0093.jpg

२५ मार्चः अफगानिस्तानले पहिलो टी२० अन्तर्राष्ट्रिय म्याचमा पाकिस्तानलाई ६ विकेटले पराजित गरी इतिहास रच्यो। खेलको यस प्रारूपमा पाकिस्तान विरुद्ध अफगानिस्तानको यो पहिलो जीत हो। अफगानिस्तानको यस ऐतिहासिक जीतमा पूर्व कप्तान मोहम्मद नबीको चमत्कारी अलराउण्ड प्रदर्शनले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। नबीले पहिला बलिंग गर्दै २ विकेट लिए भने पछिबाट ब्याटको साथ अविजित ३८ रनको म्याच जिताउने ईनिंग्स खेले। यस जीतको साथै अफगानिस्तानले तीनवटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो। इमाद वासिमले १८, सईम अयुबले १७ र तैयब ताहिरले १६ रन बनाए। कप्तान शादाब खान १२ रन बनाएर आउट भए। अफगानिस्तानका बलरहरूमा फाजाल्लाह फारूकी, मुजीब उर रहमान र नबीले २-२ विकेट लिए। जवाफमा अफगानिस्तानले १७.५ ओभरमै ४ विकेटमा ९८ रन बनाएर ऐतिहासिक जीत हासिल गऱ्यो। नबीले ३८ बल खेलेर ३ वटा चौका र एउटा छक्काको साथ अविजित ३८ रन बनाए। यसबाहेक नजीबुल्लाह जादरानले अविजित १७ र रहमनुल्लाह गुरबाजले १६ रन बनाए। पाकिस्तानका बलरहरूमा इहसानुल्लाहले २ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *