कोविड़ भारत: काेराेना फेरि बढ्दै

IMG-20230322-WA0137.jpg

कोरोनाको १,५९० नयाँ मामिला, ६ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,५९० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,०२,२५७ पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले महाराष्ट्र मा ३ र कर्नाटक, उत्तराखंड अनि राजस्थान मा १ जना गरी कुल ६ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,८२४ पुगेको छ। यसरी नै यस अवधिमा ९१० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,६२,८३२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७९% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ८,६०१ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता १.३३ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता १.२३ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,१९,५६० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,०८,६२,६३९ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ९,४९७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६५,४४,३२४ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *