डब्ल्यूपीएलमा पहिलो ह्याट्रिकको साथ इतिहास रचिन् इस्सी वोंगले

photocollage_20233251130055.jpg

२५ मार्चः मुम्बई इण्डियन्स र यूपी वरियर्सबीच शुक्रवार खेलिएको महिला प्रीमियर लीग (डब्ल्यूपीएल) को एलिमिनेटर म्याचमा दर्शकहरूले टुर्नामेण्टको इतिहासमा पहिलो ह्याट्रिकको मजा लिए। म्याचमा मुम्बई इण्डियन्सकी पेस बलर इस्सी वोंगले डब्ल्यूपीएल इतिहासको पहिलो ह्याट्रिक दर्ता गरिन्। यूपी वरियर्सको ईनिंग्समा १३औं ओभर गर्न आएकी वोंगले पहिला सेट ब्याटर किरण नवगिरेलाई डीप मिड विकेटमा क्याच आउट गराइन्। त्यसपछि ओभरको तेस्रो र चौथो बलमा क्रमशः सिमरन शेख र सोफी एक्लेस्टोनलाई बोल्ड गरी आफ्नो ह्याट्रिक पूरा गरिन्। अन्तर्राष्ट्रिय क्रिकेटमा वोंगले ईंग्ल्याण्डको प्रतिनिधित्व गर्छिन्। उनले ईंग्ल्याण्डको तर्फबाट अहिलेसम्म अधिक क्रिकेट नखेले पनि डब्ल्यूपीएलमा अलग पहिचान बनाएकी छन्। ईंग्ल्याण्डको तर्फबाट उनले ९ वटा टी२०आई र ३ वटा वनडे म्याच खेलेकी छन्। यसमा उनले टी२०आई-मा ७ अनि वनडेमा ४ विकेट हासिल गरेकी छन्। वोंगले डब्ल्यूपीएल-मा मुम्बई इण्डियन्सबाट खेल्दै व्यापक सफलता हासिल गरिन्। उनी टीमको सबैभन्दा सफल बलर हुन्। वोंगले डब्ल्यूपीएल-मा ९ वटा म्याच खेलेर १२ विकेट हासिल गरेकी छन्।

डा. डी वाई पाटिल स्पोर्ट्स एकाडमीमा खेलिएको एलिमिनेटर म्याचमा यूपी वरियर्सलाई ७२ रनले पराजित गरी हरमनप्रीत कौरको कप्तानीमा रहने मुम्बई इण्डियन्सले डब्ल्यूपीएल-को पहिलो संस्करणको फाइनलमा स्थान बनायो। म्याचमा पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनायो। नेट साइवर ब्रण्टले ३८ बलमा ९ वटा चौका र २ वटा छक्काको साथ अविजित ६२ रन बनाइन्। यसबाहेक एमिलिया केरले २९, हेले म्याथ्यूजले २६ र यास्तिका भाटियाले २१ रनको योगदान दिइन्। यूपी वरियर्सकी बलरहरूमा सोफी एक्लेस्टोनले सर्वाधिक २ विकेट हासिल गरिन्। जवाफमा १८३ रनको चुनौतीपूर्ण लक्ष्यलाई खेदो गर्दै यूपी वरियर्सको टीम १७.४ ओभरमा ११० रन बनाएर अलआउट भयो। किरण नवगिरेले २७ बलमा सर्वाधिक ४३ रन (४ वटा चौका र ३ वटा छक्का) बनाइन्। दीप्ति शर्माले १६ रनको योगदान दिइन्। मुम्बई इण्डियन्सकी बलरहरूमा वोंगले सर्वाधिक ४ विकेट हासिल गरिन्। नेट साइवर ब्रण्टलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *