हाई कोर्टमा माफी मागे एसएससी अध्यक्षले

1ec9c47126263e6ced4cfca8e692b56c_original.jpg

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा कोर्टको अवमाननालाई लिएर शुक्रवार अदालतमा पेश भएका स्कूल सेवा आयोग (एसएससी) का अध्यक्ष सिद्धार्थ मजूमदारले माफी मागेका छन्। २०११ मा भएको प्राथमिक शिक्षक पात्रता रीक्षा (टेट) मा एक गलत प्रश्नको कारण हाई कोर्टका न्यायाधीश राजशेखर मन्थाले नम्बर बढ़ाउने आदेश दिएका थिए तर त्यसको अनुपालन गरिएको थिएन। गत महिना एक पल्ट फेरि कोर्टले एसएससीलाई सतर्क गरेका थिए तर एसएससीले फेरि कुनै कदम उठाएन। यसपछि सिद्धार्थ मजूमदारलाई पेश हनलाई भनिएको थियो। शुक्रवार न्यायाधीशले उनको आलोचना गर्दा उनले माफी माग्दै भने, ओएमआर शीटमा गड़बड़ी भएको छ। यसको निम्ति जादवपुर विश्वविद्यालयका विशेषज्ञहरूबाट जाँच गराइएको थियो। उनीहरूको रिपोर्ट आज नै आएको छ। यसलाई तुरन्तै दुरूस्त गरिन्दैछ। यसपछि कोर्टले भन्यो, छिट्टै नै यस मामिलामा रिपोर्ट दिइयोस्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *