शिलाङमा असम राइफल्सको १८८औं स्थापना दिवस समारोह समपन्न

00-1-image0010RE3

नयाँ दिल्ली: पर्यटन, संस्कृति तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री जी. किशन रेड्डीले आज शिलाङमा असम राइफल्सको १८८औं स्थापना दिवस समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गरे। किशन रेड्डीले भने, ‘असम राइफल्ससित सन् १९३५ देखि वीरताको एक अद्वितीय विरासत रहेको छ साथै सबैभन्दा अधिक वीरता पुरस्कारबाट सम्मानित हुने गौरव प्राप्त छ। कर्तव्यको पालनामा बलका बहादुर जवानहरूको सर्वोच्च बलिदानको कारण यो अद्वितीय विशिष्टता सम्भव भएको होl’
उनले भने भने, ‘प्रधानमन्त्रीले लालकिलाको प्राचीरबाट आफ्नो भाषण अवधि अमृत कालको शुरूवातको घोषणा गर्दै राष्ट्रको प्रगतिपथबारे प्रकाश पारेका छन्। प्रधानमन्त्रीको परिकल्पना छ, यस अमृतकालमा पूर्वोत्तर क्षेत्र भारतको विकासको इञ्जनको रूपमा स्थापित हुनेछl’  यस परिकल्पनाका साथै पूर्वोत्तर क्षेत्रमा एउटा नयाँ युगको आरम्भ भएको बताउँदै पूर्वाधार, कनेक्टिभिटी, शान्ति तथा स्थिरता जस्ता सबै क्षेत्रहरूमा द्रुत गतिमा विकास भइरहेको उनले बताए। उनले अहिलेसम्म पूर्वोत्तरका आठ हजार भन्दा अधिक सशस्त्र उग्रवादीहरूले आत्मसमर्पण गरेर मूलधारामा सामेल भएको साथै प्रधानमन्त्रीको नेतृत्वमा विभिन्न शान्ति सम्झौतामा पनि हस्ताक्षर भएको पनि बताए।

यस अवसरमा  मन्त्री जी किशन रेड्डीले पूर्वोत्तर क्षेत्रमा सरकारका विभिन्न उपलब्धिहरूमाथि पनि प्रकाश पारेका थिए। उनले विगत नौ वर्षमा पाँच लाख करोड़भन्दा अधिक धनराशि क्षेत्रको समग्र विकासमा खर्च गरिएको बताउँदै १७ नयाँ हवाई अड्डा, निर्माणाधीन विभिन्न सड़क परियोजनाहरू  ७७ हजार ९३० करोड़ रुपियाँको लागतमा निर्माणाधीन रेलवे परियोजनाहरू जस्ता कैयौं वृहत परियोजनाका साथै पूर्वोत्तर क्षेत्रका मानिसहरूको विकासको लागि अनेकौं अवसरहरू सृजना गर्दै सबै क्षेत्रहरूको विकासमा तीव्रता सुनिश्चित गरिएको बताए।
पूर्वोत्तर क्षेत्रको लागि यो नयाँ आदर्श स्थापित गर्नमा असम राइफल्सको ठूलो योगदान रहेको मन्त्री रेड्डीले बताए। उनले क्षेत्रमा शान्ति स्थापनाका साथै पूर्वोत्तरको वास्तविक क्षमतालाई चिन्हित गर्न सक्षम बनेको बताउँदै अब हामीले पूर्वोत्तर राज्यहरूमा हुने विभिन्न जी-२० शिखर सम्मेलनहरूमा विश्व समुदायका अघि विभिन्न क्षेत्रमा आफ्नो क्षमताको प्रदर्शन गर्नसक्ने बताए। समग्र क्षेत्रमा आयोजित हुने यी जी-२० सम्मेलनहरूले अष्टलक्ष्मी राज्यहरूलाई भारतको विकास केन्द्रको रूपमा स्थापित गर्नमा सहायक सिद्ध हुने उनले बताए।
मन्त्रीले आपदा प्रबन्धन कार्यहरूको अवधि असम राइफल्सको अदम्य प्रयासहरूको सराहना गर्दै बलको दुर्लभ प्रदर्शन अनि सहकार्यको फलस्वरूप यसलाई एनडीआरएफको एक एकाईको रूपमा प्रतिनियुक्त गरिएको बताए। मन्त्री जी. किशन रेड्डीले क्षेत्रमा नशालु पदार्थ साथै अन्य मादक पदार्थहरूको तस्करीविरूद्ध अभियानमा असम राइफल्सको प्रयासहरूको पनि सराहना गरे। उनले बलका राइफल महिलाहरूलाई उद्धृत गर्दै भारत मात्र नभएर विश्वभरि नै शान्ति सेनामा उनीहरूको योगदानको सराहना गर्दै उनीहरू भारतको नारीशक्तिको प्रतीक रहेको बताए। उनले भने, ‘असम राइफल्सले कैयौं अवसरहरूमा आफ्नो कर्तव्यको दायराबाट अझ अघि सरेर विभिन्न नागरिक कल्याणका कार्यक्रमहरू जस्तै स्वास्थ्य शिविर, महिला सशक्तिकरण योजनाहरू, राष्ट्रिय एकीकरण, पर्यटन आदि क्षेत्रमा उत्साहपूर्वक सहभागिता जनाउने गरेको छl’ यस्ता कार्यक्रमहरूले स्थानीयवासीहरूलाई व्यापक सहायता पुऱ्याएको उनले बताए। मन्त्री रेड्डीले क्षेत्रमा सुरक्षा तथा स्थिरताको लागि असम राइफल्सको समर्पण, उत्साह एवं बलिदानको फलस्वरूप यसलाई ‘पूर्वोत्तरको प्रहरी’ अनि ‘पहाड़वासीको मित्र’को उपनामले चिनिने गरेको बताए। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *