वरिष्ठ साहित्यकार जीबी बलको सातौं कृति स्मरणमा रहेका केही संस्मरण सार्वजनिक

IMG-20230324-WA0269.jpg

खरसाङ: खरसाङ क्षेत्रका वरिष्ठ साहित्यकार जीबी बलले सातौं कृति ‘स्मरणमा रहेका केही संस्मरण’ आज सार्वजनिक गरिएको छ। उनको उक्त लेख अनि संस्मरण संग्रह स्मरणमा रहेका संस्मरण’ हिमालय दर्पण खरसाङ शाखा कार्यालयमा साहित्यकार एंव गोर्खा जनपुस्ताकालय खरसाङको उपाध्यक्ष ऋषि राई, कवि एवं पत्रकार हनोक थापा र लेखक जीबी बलको बाहुलीबाट सार्वजनिक गरिएको छ। यस अवसरमा साहित्यकार ऋषि राईले जीबी बल जस्ता वरिष्ठ स्रष्टाको पुस्तक सार्वजनिक गर्न पाउनु हाम्रो अहोभाग्य हो भनी बताउँदै ८७ वर्षको उमेरमा पनि जीबी बलले पुस्तक लेखेर प्रकाशित गर्नु सानो कुरा होइन भनी बताएका छन्। यस अवसरमा ऋषि राईले गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट खदार्पणसहित गरेर बधाई दिएका छन्। आफ्नो पुस्तक सार्वजनिक गरिएको अवसरमा लेखक जीबी बलले यो आफ्नो सातौं कृति रहेको र यस संग्रहमा विभिन्न विषयहरूमा जम्मा २१ वटा लेखहरू संकलन गरिएको बताएका छन्। उनले आफ्नो यो कृति पनि अब बिक्री शुरु भईसकेको जानकारी गराउँदै उमेर र स्वास्थ्यले साथ दिएसम्म आफु लगातार रूपमा पुस्तक प्रकाशित गर्ने पनि बताएका छन्।

जीबी बल खरसाङ क्षेत्रका वरिष्ठ साहित्यकार हुन् जसको पहिलेबाटै कृतिहरू क्रमैले ‘बड़ाको सिजन डाउन’ (१९९५), ‘म अफिसर भए’ (१९९६), ‘लट्ठा साफ: घुइँक्याईदिएँ’ (२००५), ‘जीवनका तीता मीठा अनुभव र संस्करण खरसाङको’ (२०१०), ‘धूमिल स्मृति’ (२०१५), ‘स्मृतिको चिन्ह: गोरूगाड़ीको पाङ्ग्रा (२०१८) पनि प्रकाशित छन्। जीबी बल खरसाङ क्षेत्रका एक सम्पत्ति नै मानिन्छ। उनी खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरू र अन्य धेरै विषयहरूमा पोख्त छन्। उनी शोधकर्ताहरूका लागि मुख्य स्रोत हुन्। उनले नर्थ बेंगाल कमरसियल इन्स्टीट्युट (सरकारी मान्यता) खरसाङको प्राचार्य थिए जहाँ उनले सन् १९६३ देखि २००६ सम्म प्राचार्यको रूपमा कार्य गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *