कोविड़ भारत: काेराेना फेरि बढ्दै

IMG-20230322-WA0137.jpg

कोरोनाको १,२४९ नयाँ मामिला, २ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,२४९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,००,६६७ पुगेकाे छ। विगत २४ घण्टामा देशमा कोरोनाले कर्नाटक र गुजरात मा १ जना गरी कुल २ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,८१८ पुगेको छ। यसरी नै यस अवधिमा ९२५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,६०१,९२२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७९% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ७,९२७ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता १.१९ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता १.१४ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,०५,३१६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,०६,४४,०७९ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ६,११७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६५,३४,८२७ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *