नेपालमा राजावादीबीच पूर्वराजालाई पक्षमा पार्ने प्रतिस्पर्धा

n4831795881679595470395537e1b840323c8c5b2ca6c750741da2fc9359999b539406d1488a440abbf56d0.jpg

काठमाडौं: आरपीपीका नेताहरुले भेटमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धबल शमशेर राणा र वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए। भेटमा सहभागी आरपीपी महामन्त्री धवल शमशेर राणाले पूर्वराजाबाट आफूहरुलाई देश जोगाउनका लागि अगाडि बढ्न भनिएको बताए।आफूहरुले हिन्दूराष्ट्रको विषयलाई पनि जोडतोडले उठाइरहेको भन्दै निरन्तर सक्रिय भइरहेको जानकारी गराएको जानकारी दिए। व्यवसायी समेत रहेका दुर्गा प्रसाईले अभियान नै चलाएर पूर्वराजा शाहलाई सार्वजनिक मञ्चमा ल्याइसकेका छन्। प्रसाईंको साथमा रहेका पूर्वमन्त्री केशरबहादुर बिष्ट पनि राजसंस्थासहितको हिन्दूराष्ट्रको अभियानमा छन्। यसरी राजसंस्थाका पक्षधरहरुबीच पूर्वराजालाई आफ्नो पक्षमा ल्याएर अभियान चलाउने प्रतिष्पर्धा चलेको छ। आरपीपी महामन्त्री राणाले पूर्वराजा शाहलाई जो पायो त्यहीसँग नभेट्न समेत अनुरोध गरिएको बताए। उनको संकेत दुर्गा प्रसाईंको अभियानमा पूर्वराजा जोडिएकोतर्फ थियो ।नेपालमा राजसंस्थाको अन्त भई २८ मे २००८ मा गणतन्त्र स्थापना भएपनि राजसंस्था पुनः स्थापनाका पक्षधर सक्रिय छन्। राजसंस्थाको पक्षधर आरपीपीले २० नोभेम्बर २०२२ मा भएको चुनावमा प्रतिनिधि सभामा १३ सिट सांसद सदस्य जितेर आफूलाई पाचौं शक्तिका रुपमा उभ्याएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *