जयप्रसाद दाहाल स्मृति ग्रन्थ प्रकाशित गरिने

IMG-20230323-WA0244.jpg

सोनादा: नक्सलबारीका एक वरिष्ठ समाजसेवी, शिक्षा अनुरागी साहित्यकार जय प्रसाद दाहालले आफ्नो जीवनकालमा सामाजिक, शैक्षिक, साहित्यिक आदि विविध क्षेत्रमा दिएको योगदानको कदर गर्दै उनको परिवारले एक स्मृति ग्रन्थ प्रकाशित गर्ने निधो गरेको छ।दाहालको निधन भएको पैतालिस दिन पूरा भएपछि गत शनिबारको दिन दयारामजोत नक्सलबारीमा एक सभा गरी जयप्रसाद दाहाल स्मृति ग्रन्थ प्रकाशित गरिने विषयमा चर्चा परिचर्चा गरेका थिए। उनी जीवित छँदै अभिनन्दन ग्रन्थ प्रकाशित गर्न केही सचेत व्यक्तिहरू अघि आए तापनि उनको अचानक निधन भएकोले सो कार्य पूरा नभए तापनि अब स्मृति ग्रन्थ प्रकाशित गर्ने निश्चय गरेको छ। स्व. जयप्रसाद दाहालका धर्मपत्नी लक्ष्मी दाहालद्वारा प्रकाशित गरिने उक्त स्मृति ग्रन्थका प्रधान सम्पादक प्रा.मेघनाथ छेत्री, सम्पादक मण्डलीमा टेकनाथ पराजुली (असम), सुभाष दाहाल , ओमप्रकाश छेत्री, व्यवस्थापकद्वय लक्ष्मीप्रसाद शिवाकोटी र विनम शर्मा अनि प्रमुख सल्लाहकारमा चन्द्रिका शर्मा र अम्बिका प्रधान रहेका छन्। जय प्रसाद दाहालका सामाजिक, साहित्यिक, आध्यात्मिक, शैक्षिक आदि विविध विषयमा लेखको लागि सबैलाई निवेदन गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *