नाबार्डको विभिन्न उद्यामीहरूलाई न्युनतम सुद दरमा जम्मा १ करोड़ ६२ लाख रुपियाँ ऋण प्रदान

IMG-20230322-WA0352.jpg

हामी सबैले ब्याङ्कप्रतिको मासिकतामा परिवर्तन ल्याउनुपर्छः मुख्यमन्त्री तामाङ

गान्तोक: राजधानीस्थित एक होटलमा आज नाबार्डद्वारा राज्य ऋण संगोष्ठी कार्यक्रम आयोजना गरियो। उक्त संगोष्ठीमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने सिक्किम सरकारका मुख्य सचिव भीबी पाठक विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा मुख्यमन्त्रीको बाहुलीबाट राज्यमा कृषि क्षेत्रमा संलग्न विभिन्न उद्यामीहरूलाई न्युनतम सुद दरमा जम्मा १ करोड़ ६२ लाख रुपियाँ ऋण प्रदान गरियो। यस अवसरमा मुख्यमन्त्री लगायत अन्य विशिष्ठ अतिथिहरूको बाहुलीबाट नाबार्डद्वारा प्रकाषित स्टेट फोकस पेपर २०२३-२४ को सार्वजनिक गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले नाबार्डद्वारा राज्य अनि राज्यवासीको निम्ति गरिएको विभिन्न कार्यहरूको प्रशंसा गरे। नाबार्डले राज्य सरकारलाई राज्यको सड़क निर्माण गर्नको निम्ति १२० करोड़ रुपियाँ ऋण उपलब्ध गराएकोमा धन्यवाद दिए। आज ऋण प्राप्त गर्ने उद्यामी अनि कृषकहरूले ऋणको सदुपयोग गरेर यसलाई दोब्बर बनाउने पनि सुझाव दिए। ऋण लिएर समयमानै भुक्तान गर्नेहरू अनि जुन विषयको निम्ति ऋण लिएका छन् त्यही कार्य गर्नको निम्ति पैसा खर्च गरेको खण्डमा कहिल्यै दुःख नपाउने पनि मुख्यमन्त्रीले सुझाव दिए। ब्याङ्क आमा सरह रहेको संज्ञा दिँदै ब्याङ्क प्रतिको मानसिकता सबैले परिवर्तन गर्नुपर्ने पनि मुख्यमन्त्री तामाङले सबैलाई आग्रह गरे। यसको साथै मुख्यमन्त्री तामाङले राज्यका युवाहरूलाई उद्योग धन्दा गर्नको निम्ति अघि आउने अनि उनीहरूलाई सहयोग प्रदान गर्नको निम्ति राज्य सरकार साथै ब्याङ्क सदैव तयार रहेको पनि जानकारी गराए। वर्तमान सरकारले कृषकहरूलाई धेरै सहयोग पुऱ्याइरहेको बताउँदै अब प्रत्येक गाउँमा पुगेर उनीहरूको खेतीबाली अनि पशुपालन व्यवसायको जायजा लिने मुख्यमन्त्रीले सचिवहरूलाई निर्देश दिएका छन्।

सिक्किमका युवाहरू सबै क्षेत्रमा सक्षम रहेको अनि उनीहरूलाई केवल एउटा अवसरको आवश्यकता रहेको हुँदा भर्खरै सिक्किममा सफलतापूर्वक सम्पन्न जी २० अनि एस २० ले सिक्किमको युवाहरूको निम्ति धेरै अवसर लिएर आउने आशय मुख्यमन्त्रीले व्यक्त गरे। यसरी जी २० अनि एस २० को सफलतापूर्वक आयोजनको निम्ति सम्पूर्ण सिक्किमे अनि खटिएका अधिकारी अनि कर्मचारीहरूलाई बधाई दिए। केन्द्र सरकारले सिक्किमलाई विश्वास गरेर दुईवटा सभा जी २० अनि एस २० आयोजन गर्ने अवसर प्रदान गरेकोमा मुख्यमन्त्री तामाङले केन्द्र सरकारप्रति आभार व्यक्त गरे। यसका साथै वर्तमान सरकारले एक घर एक उद्यमीको नारासहित काम गरिरहेको बताउँदै युवाहरूलाई उद्योग धन्दामा अघि आउने पनि मुख्यमन्त्री तामाङले प्रोत्साहित गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *