लोथाबारीमा आज नै पालन गरियो बुद्ध पूर्णिमा

IMG-20220515-WA0165.jpg

कालचिनी। २५६६औँ बुद्ध पूर्णिमाको धुमधाम तयारी डुवर्सको प्रत्येक गुम्बाहरूमा चलिरहेको क्रममा आजदेखि प्रत्येक गुम्बाहरूमा छ्योई पाठ चलिरहेको छ भने सोमबार प्रत्येक गुम्बाहरूबाट कोरवा (शोभायात्रा परिभ्रमण) निकाल्ने कार्यक्रम तय भए तापनि आज नै मूल पूर्णिमा परेकोले उत्तर लोथाबारी बस्तीस्थित टाँशी थार्पालिङ गोन्पामा पुजा पाठ सम्पन्न गरेपछि कोरवा पनि आज नै निकालिएको थियो भने वाङ वितरण साथै छो प्रसाद पनि वितरण गरिएको थियो। टाँशी थार्पालिङ गोन्पाको अध्यक्ष धनबहादुर वाईबा र सचिव जिनेस ब्लोनले बुद्ध पूर्णिमाको आज प्रथम तिथिमा नै लामा लोबेनहरूद्वारा पूजा पाठ गरेपछि नै आज कोरवा शोभायात्रा परिभ्रमण निकालिएको जनाएका छन्।
गोन्पामा शनिबार साँझदेखि लामा लोबेनहरूले पूजा शुरु गरेकोले औ आज मूल पूर्णिमा परेकोले पनि आज नै बुद्ध पूर्णिमाको कोरवा कालिएको र आज उक्त कोरवा गोन्पा परिसरबाट लोथाबारी बस्तीको परिक्रमा गरेको गोन्पा कमिटीको पक्षबाट धनबहादुर वाईबाले थप जनाएका छन् ।
यता कालचिनी स्थित टाँशी छ्योई फेलिङ गुम्बामा पनि शनिबार साँझदेखि नै लामा लोबेनहरूद्वारा पूजा पाठ शुरु गरिएको र आज पनि सो पूजा पाठ चलिरहेको र आइतबार कोरवा शोभायात्रा निकालिने टाँशी छ्योई फेलिङ गुम्बाको सचिव श्याम थोकरले जनाएका छन् ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *