आईपीएलबाट ४८३९० करोड़को कमाई, बीसीसीआई मालामाल

IMG-20220615-WA0110.jpg

१५ जूनः बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड)-ले क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो प्रसारण अधिकारको अनुबन्ध गर्दै २०२३-देखि २०२७-बीच आईपीएलको मीडिया अधिकार ४८३९० करोड़ रुपियाँ (६ अरब २० करोड़ डलर)-मा बिक्री गऱ्यो। सोनीले पहिलो १० साल (२००७-देखि २०१७)-को निम्ति प्रसारण अधिकार ८२०० करोड़ रुपियाँमा किनेको थियो जबकि स्टारले परवर्ती पाँच सालको निम्ति १६३४७.५० करोड़ रुपियाँ दिएको थियो। भारतीय उपमहाद्वीपको टीभी अधिकार डिजनी स्टारले २३५७५ करोड़ रुपियाँ (५७.५ करोड़ रुपियाँ प्रति म्याच)-मा किन्यो जबकि डिजिटल अधिकार रिलायन्सको भायकम १८-ले २०५०० करोड़ रुपियाँमा हासिल गऱ्यो। भायकमले नन एक्सक्लूसिभ अधिकारीहरूको सी प्याकेज पनि २९९१ करोड़ रुपियाँमा किन्यो। ए र बी प्याकेजमा आउँदो ५ सालको ४१० वटा म्याच (२०२३ र २०२४-मा ७४-७४ म्याच, २०२५ र २०२६-मा ८४-८४ म्याच र २०२७-को ९४ वटा म्याच) सामेल छ। भायकमले एउटा समूहको माध्यमले बोली लगायो, जसमा स्टार इण्डियाका पूर्व प्रमुख उदय शंकर (बोधी ट्री) र जेम्स मर्डोक (लुपा सिस्टम्स) सामेल छन्।
बीसीसीआई सचिव जय शाहले ट्वीट गरेका छन्, मलाई यो घोषणा गर्दै खुशी लागिरहेको छ कि स्टार इण्डियाले टीभी अधिकार २३५७५ करोड़ रुपियाँमा किन्यो। कोरोना महामारीको दुई सालपछि पनि बीसीसीआईको संगठनात्मक क्षमताको यो सबूत हो। ब्राण्ड आईपीएल-ले ई लिलामीको माध्यमले नयाँ उँचाईहरूलाई छुयो, जसको नतीजा ४८३९० करोड़ रुपियाँ हो। अब आईपीएल प्रति म्याच मूल्यको आधारमा विश्वको दोस्रो सबैभन्दा ठूलो खेल लीग हो।
प्याकेज सी-मा १८ नन एक्सक्लूसिभ म्याचहरूका अधिकार सामेल थियो, जसलाई भायकम १८-ले २९९१.६ करोड़ रुपियाँमा किन्यो। अर्थात्, ३३.२४ करोड़ रुपियाँ प्रति म्याच। यस प्याकेजमा ९० वटा म्याच सामेल छ। प्याकेज डी-मा विदेशी टीभी र डिजिटल अधिकार थियो, जसलाई भायकम १८ र टाइम्स इण्टरनेटले १३०० करोड़ रुपियाँमा किन्यो।
आईपीएलको प्रति म्याचको मूल्यमा गतपल्टको तुलनामा शत प्रतिशतको बढ़ोत्तरी भएको छ। गतपल्ट प्रत्येक म्याचको मूल्य ५४.५ करोड़ रुपियाँ थियो, जुन अहिले बढ़ेर ११४ करोड़ रुपियाँ प्रति म्याच भएको छ। वैश्विक स्तरमा प्रति म्याचको मूल्य १४.६१ मिलियन डलर रहेको छ, जुन अमेरिकाको एनएफएल-पछि दोस्रो सर्वाधिक हो। एनएफएल-को प्रति म्याचको मूल्य १७ मिलियन डलर रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *