नेपालको तीनवटा रिक्त संसद सदस्यका लागि २३ अप्रेलमा चुनाउ

काठमाडौंः नेपालमा तीनवटा रिक्त संसद सदस्यको लागि अप्रेल २३ मा चुनाउ हुने भएको छ। निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा रिक्त सिटका लागि आज सोमवार चुनाउको मिति तय गरेको हो। यसअघि नै चितवन २ मा अप्रेल २३ मै हुने गरी चुनाउको मिति तय गरिसकेको छ।

निर्वाचन आयोगले अप्रेल २३ को बिहान ७ देखि बेलुका ५ बजेसम्म उक्त स्थानहरुमा मतदान हुने जानकारी दिएको छ। तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त स्थान रिक्त भएको थियो। बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भई आज सोमवार शपथ लिएसँग उक्त स्थान पनि खाली भयो।

यसअघि नै चितवन क्षेत्र नं २ रिक्त भइसकेको छ। उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशले सांसद पद गुमेको थियो। नोभेम्बर २० मा नेपालमा संसदको चुनाउ भएको थियो। ४ महिनामै चार सांसद सिट रिक्त भयो। जसमध्ये ३ प्रत्यक्ष निर्वाचित र एक समानुपातिकमा निर्वाचित हुन्‌।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *