जी२० सम्मेलनको समापन

IMG-20230319-WA0289.jpg

गान्तोक: राजधानीको चिन्तन भवनमा आयोजित दुई दिवसीय स्टार्टअप २० सिक्किम सभाको आज समापन भयो। यसको साथै गत १६ मार्चदेखि राजधानी गान्तोकमा आयोजित जी20 सम्मेलनको पनि समापन भएको छ। यस अवधि दुईवटा बैठक बी२० र एस२० आयोजना गरिएको थियो। आज समाप्त भएको एस20को सभामा विश्वका १५ वटा देशका ४९ प्रतिनिधि अनि १३० जना भारतीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने देश-विदेशसँगै सिक्किम राज्यका स्टार्ट अप उद्यमीहरूको पनि सहभागिता रहेको थियो।

आज चिन्तन भवनमा आयोजित छोटो समापन समारोहमा जी२० का अध्यक्ष तथा अटल इनोवेशन मिशनका निदेशक एवं नीति आयोगका अतिरिक्त सचिव डा. चिन्तन वैष्णवले समापन टिप्पणी राख्नुभएको थियो। आफ्अटल इनोवेशन मिशनका निदेशक एवं नीति आयोगका अतिरिक्त सचिव डा. चिन्तन वैष्णवले समापन टिप्पणी राखेका थिए। आफ्नो सम्बोधनमा डा. वैष्णवले चाँड़ै एउटा अन्तर्राष्ट्रिय स्टार्टअप टाक्सफोर्सको घोषणा गरिने जानकारी गराए।

उल्लेखनीय छ, स्टार्टअप २० सिक्किम सभा अवधि देश-विदेशका स्टार्टअप उद्यमीहरू साथै स्थानीय उद्यमीहरूले अलग अलग झुण्ड (टास्क फोर्स)मा स्टार्टअपका विभिन्न पक्षमाथि गहन चर्चा गरिएको थियो। अर्कोतिर स्थानीय एमजी मार्गमा राज्यका विभिन्न उद्यमीहरूद्वारा उत्पादित सर-सामानको विक्री तथा प्रदर्शनी स्टलहरू लगाइएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *