जी२० शिखर सम्मेलनः सिक्किममा बी२० र स्टार्टअप २० सफलतापूर्वक सम्पन्न

Untitled-2-copy-1

गान्तोकः सिक्किममा जी२० शिखर सम्मेलन सफलतापूर्वक समाप्त भएको छ। जी२० अन्तर्गत सिक्किममा बी२० सम्मेलन र स्टार्टअप २० सिक्किम सभा आयोजन गरियो। गत १६ मार्चको दिन बी२० सम्मेलन आयोजन गरियो भने १८ र १९ मार्चको दिन स्टार्टअप २० आयोजन गरियो। भारतले अध्यक्षता गरिरहेको जी२० शिखर सम्मेलन अन्तर्गत सिक्किमले पनि दुईवटा महत्वपूर्ण कार्यक्रमहरू आयोजना गर्ने अवसर प्राप्त गऱ्यो। राजधानी गान्तोकको चिन्तन भवनमा आयोजित बी२० सम्मेलनको विषय ‘पर्यटन, आतिथ्य, औषधि उद्योग र जैविक खेतीमा बहुपक्षीय व्यापार साझेदारीको अवसर’ रहेको थियो। उक्त कार्यक्रमहरूको आयोजनाले सिक्किमलाई निकट भविष्यमा ठूलो लाभ पुग्ने सम्भावना देखिएको छ।

बी२० सम्मेलनमा सहभागी बन्न आएका जी२० प्रतिनिधिहरूले सिक्किममा विभिन्न क्षेत्रहरूमा १००० करोड़ रूपियॉं निवेश गर्न इच्छा व्यक्त गरेका छन्। प्रतिनिधिहरूले जलविद्युत, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, परिवहन आदि जस्था क्षेत्रहरूमा निवेश गर्न इच्छा व्यक्त गरेका छन्। बी२० सम्मेलनमा २४ देशका ३६ प्रतिनिधिहरू सहभागी बने। यसैगरी, स्टार्टअप २० सिक्किम सभाको आयोजना पनि राजधानीको चिन्तन भवनमा गरिएको थियो। सभामा १५ जी२० देशका ४९ प्रतिनिधि सहभागी बने। यस सभाको आयोजनाले राज्यमा स्टार्टअपको प्रवर्द्धनमा बल पुग्ने आशा गरिएको छ। अर्कोतिर, बी२० सम्मेलन र स्टार्टअप २० सिक्किम सभामा देश अनि विदेशका प्रतिनिधिहरू सहभागी बन्न आएकाले सिक्किम अब विश्वको पर्यटन मानचित्रमा परिसकेको कुरालाई नकार्न सकिॅंदैन। स्टार्टअप २० का अध्यक्ष डा. चिन्तन वैष्णवले आज समापन सत्रलाई सम्बोधन गर्दै प्रतिनिधिहरूले सिक्किमबाट राम्रो सम्झाना लिएर जानेछन् र आफ्नो परिवारसॅंग फेरि घुम्न आउने छन् भन्ने आशा व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *