अजयले खनेको बाटोमा गाउँलेहरू विछ्याउन थाले सोलिङ

CollageMaker_2023319201857851.jpg

दार्जीलिङ: पेमुङ चामुङ गाउँको बासिन्दाहरूले कच्चा रोडमा सोलिङ लगाउने काम धमाधम गर्दै आईरहेको जानकारी प्राप्त भएको छ। विगत केही महिना अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत पर्ने पेमुङ चामुङको भ्रमण गरेका थिए। त्यस अवधि स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड समक्ष बाटो निर्माण गरिदिने गुहार लगाएका थिए। स्थानीय बासिन्दाहरूको गुहारलाई शिरोपर गर्दै बाटोको खनन् कार्यको निम्ति जेसीपी मशीन प्रदान गरेका थिए। त्यसरी नै फरवरी महिनामा दोस्रो चोटी हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले पेमुङ चामुङ गाउँको बाटो खनन् कार्यको निम्ति जेसीपी मशीन प्रदान गरेर बाटोको खनन कार्य पूरा गरी दिएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डद्वारा खनन् गरिएको बाटोमा स्थानीय बासिन्दाहरूले सोलिङ लगाउने काम धमाधम गर्दै आईरहेको अदीप तामाङले बताएका छन्।तामाङले पेमुङ चामुङ गाउँको पक्षबाट हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डप्रति आभार पनि जनाएका छन्।

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.