हंगकंगलाई पराजित गरी ग्रुप विजेताको रूपमा एएफसी एशियाई कपमा पुग्यो भारत

IMG-20220614-WA0182.jpg

१४ जूनः चमत्कारी कप्तान सुनिल छेत्रीको अगुवाईमा भारतले असाधारण प्रदर्शन गर्दै ग्रुप विजेताको रूपमा एएफसी एशियाई कप २०२३-मा जाने टिकट हासिल गऱ्यो। मंगलवार कलकत्ताको सल्ट लेक स्टेडियममा खेलिएको क्वालीफाइंग चरणको ग्रुप डी-को अन्तिम म्याचमा भारतले हंगकंगलाई ४-०-ले पिट्यो। त्यसै त भारतले आज दिउँसो नै एएफसी एशियाई कप २०२३-को निम्ति क्वालीफाई गरेको थियो तर हंगकंग विरुद्ध जीतले इगोर स्टीमाकको प्रशिक्षणमा रहने भारतीय टीम ग्रुप विजेता बन्यो।

भारत ३ वटा म्याचमा ९ पोइण्टको साथ ग्रुप डी-को शीर्ष स्थानमा रह्यो भने हंगकंग ६ पोइण्टको साथ दोस्रो स्थानमा रह्यो। भारतीय टीमबाट आजको म्याचमा अनवर अलीले दोस्रो, कप्तान सुनिल छेत्रीले ४५औं, मानवीर सिंहले ८५औं र इशान पण्डिताले स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरे। भारतले यसअघि ग्रुपमा कम्बोडियालाई २-० अनि अफगानिस्तानलाई २-१-ले पराजित गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *