जनताको राज भनेको सत्तामा बस्नु मात्र होइन: अजय एडवर्ड

Screenshot_20230319_204217_Gallery.jpg

दार्जीलिङ: जनताको राज भनेको सत्तामा बस्नु मात्र होइन यो भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले दार्जीलिङ पार्वतीय क्षेत्र लगायत तराई डुवर्स आदि क्षेत्रहरूमा पनि हाम्रो पार्टीको विस्तार तीव्र गतिमा चल्दै आईरहेको बताए। उनले भने, ‘राम्रो राम्रो राजनैतिकज्ञहरूदेखि लिएर शिक्षाविद,चुनावी रणनीतिकार आदि जस्ता मानिसहरू हाम्रो पार्टीसंग जोडिन्दै आउँदैछ साथै साइलेन्स मेजोरिटीहरू हामीमाथि आशा साचेर बसेका छन्। हाम्रो पार्टी कुनै सत्तामा छैन, हामी कसैलाई पनि रूपियाँ पैसा,गाडी,बंग्लो दिनु सक्दैनौं तर पनि हामीसंग जोडिन्दै आउँदैछ। यसको मुख्यकारण हाम्रो पार्टीको इमान्दारिता देखेर उनीहरू हामीसंग जोडिन्दैछ।’
उनले अघि भने, ‘दार्जीलिङ नगरपालिकाको नगरपाषर्दिका उषा राई दिदीसंग मेरो कुनै ब्यक्तिगत दुश्मनी छैन। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले हाम्रो पार्टीको बोर्ड तोडेपछि हामीलाई जान्नमा आयो उषा दिदीले आफ्नो नामकंन पत्र दर्ता गर्ने क्रममा कागज पत्रहरू हाल्नु पर्ने ठीकसंग हालेको थिएन। त्यसकारण दिदीको नगर पाषर्दिकाको सदस्यता चुनाव आयोगले खारिज हुन सक्छ। हाम्रो पार्टीको दार्जीलिङ नगरपालिकाको बोर्डले अवैध निर्माणहरू विरूद्व काम गर्दै आएको थियो तर गंगन चुम्मी विल्डिङहरूको निर्माण गरेर करोडौ रूपियाँ कमाउनेहरूले आफ्नो निजी स्वर्थको निम्ति हाम्रो बोर्ड तोडेको हो र हामी विपक्षीमा छौं। तर हामीले दार्जीलिङवासीको सुरक्षाको निम्ति ती अवैध विल्डिङहरू विरूद्ध धरनामा बस्दैछौं। हामी सत्तामा हुँदा पनि जनताको हितमा काम गर्दै थियौं अनि अहिले विपक्षीमा छौं र पनि हामीले जनताको हितमा काम गर्दै आईरहेका छौं।’
उनले अझ भने, ‘दार्जीलिङ नगरपालिकाको अन्य नगर पार्षदहरूको पनि यस्तै थुप्रै केसहरू छन्। एकजना नगरपार्षदले अवैध निर्माणहरू गर्न पाउँदैन। यो विषय बंगाल नगरपालिका एक्टमा स्पष्ट शब्दमा लेखेको छ।’

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.