ब्लक प्रशासनको सहयोगमा ५ सय मछुवाले परिचयपत्र पाएका छन्

a38b898b-bc14-4d63-9e68-c27a8d64200f

मालदा: पश्चिम बंगालको माननीय मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा र अंग्रेजीबजार ब्लक प्रशासनको सहयोगमा, मछुवाको परिचय पत्र वितरण समारोह आयोजित गरियो। कार्यक्रम आइतबार दिउँसो बडासागरदिघी मत्स्य कार्यालय अङ्ग्रेजीबजारमा आयोजना गरिएको थियो। अङ्ग्रेजीबजार पञ्चायत समिति अध्यक्ष लिपिका बर्मन घोष, पञ्चायत समिति मत्स्य अधिकारी छाया मण्डल, काजीग्राम क्षेत्र प्रमुख सत्यजित चौधरी आदि उपस्थित थिए। काजीग्राम क्षेत्रका लगभग ५ सय माछा मार्नेलाई परिचयपत्र दिइएको बताइएको छ। यस सम्बन्धमा अङ्ग्रेजीबजार पञ्चायत समितिका अध्यक्ष लिपिका बर्मन घोषले यो परिचयपत्र बनेपछि माछा मार्नेहरूले सबै प्रकारका सरकारी सुविधा पाउने बताए। दुर्घटनामा माछा मार्ने व्यक्तिको मृत्यु भएमा परिवारलाई ५ लाख रुपियाँ क्षतिपूर्ति दिइने छ। यसका साथै यो परिचयपत्र भएका माछा मार्नेहरूले माछा मार्ने विभिन्न उपकरण र सरकारी सुविधा पाउनेछन्।

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.