प्रीमियर लीगः चेल्सी र टोटनह्यामको ड्र

IMG-20230319-WA0078.jpg

१९ मार्चः ईंग्लिश प्रीमियर लीगमा दुई शक्तिशाली टीम चेल्सी र टोटनह्याम ड्र-मा रोकियो। चेल्सीलाई शनिवार राति खेलिएको म्याचमा एभर्टनले २-२-को ड्र-मा रोक्यो। आफ्नो होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सी म्याचमा दुईपल्ट बढ़तमा रहेको थियो तर एभर्टनले पनि अन्तिम समयमा गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्यायो। चेल्सीबाट जोआओ फेलिक्सले ५२औं र काई हावेर्त्जले ८७औं (पेनल्टी) मिनटमा गोल गरे। यसरी नै एभर्टनबाट अब्दुलेई डोकोरेले ६९औं अनि एलिस सिम्सले ८९औं मिनटमा गोल गरे। यस ड्र पछि चेल्सी २७ वटा म्याचमा ३८ पोइण्टको साथ प्रीमियर लीग टेबलको १०औं स्थानमा रहन पुग्यो। यसरी नै १५औं स्थानमा रहने एभर्टनसँग २८ वटा म्याचपछि २६ पोइण्ट रहेको छ।

यसरी नै टोटनह्याम हट्स्परलाई साउथम्प्टनले ३-३-को ड्र मा अल्झायो। म्याचमा नियमित नब्बे मिनटको खेल टोटनह्याम ३-२-ले अघि रहेको थियो तर स्टपेज टाइमको तेस्रो मिनटमा जेम्स वार्ड-प्रोसेले पेनल्टीबाट गोल गरी साउथम्प्टनलाई हारको सम्मुखीन हुनदेखि बचाए। सेण्ट मेरीज स्टेडियममा ४९ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामबाट पेड्रो पोरोले मध्यान्तरको ठीक अघि स्पटेज टाइमको पहिलो मिनटमा, ह्यारी केनले ६५औं र इभान पेरिसिचले ७४औं मिनटमा गोल गरे। साउथम्पटनबाट चे एडम्सले ४६औं र थिओ वालकटले ७७औं मिनटमा पहिलो दुई गोल गरे। यस ड्र पछि टोटनह्याम २८ वटा म्याचपछि ४९ पोइण्टको साथ चौथो स्थानमा कायम रह्यो। साउथम्प्टन २३ पोइण्टको साथ २०औं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा न्यूक्यासलले नटिंघम फरेष्टलाई २-१-ले, लीड्स युनाइटेडले वूल्भ्सलाई ४-२-ले अनि एस्टन भिल्लाले बोर्नमाउथलाई ३-०-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *