चामलिङले हेलमेट लगाउनु नाटक मात्रः अभिनाष याखा

IMG-20230319-WA0012.jpg

गान्तोक: पूर्व मुख्यमन्त्री चामलिङले आफ्नो जन्म्थलोमा जाँदा हेलमेट लगाएर केवल पोलिटिकल स्टन्ट गर्न खोजेको अभिनाष याखाले बताए। चामलिङको शासनकालमा युवाहरूलाई कुनै पनि क्षेत्रमा अवसर नदिएको अभिनाष याखाले आरोप लगाए। आज राजधानीस्थित जर्नलिस्ट यूनियन अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै याखाले पूर्व सरकारले केवल भौतिक विकास गऱ्यो तर युवाहरूलाई क्षमतावान बनाउने कुनै प्रकारको योजना शुरू नगरेकोमा दुःख व्यक्त गरे। सरकारले युवा सापेक्ष कार्यक्रम दिनु पर्ने थियो तर २ वर्षसम्म पनि त्यस प्रकारको कार्यक्रम दिन नसकेको आरोप लगाए। पूर्व सरकारले युवाहरूलाई केवल ढुङ्गा मुढा हान्नको निम्ति मात्र स्थान दिएकोमा आपत्ति जनाए। तत्कालिन सरकारले युवाहरूलाई सही स्थान उपलब्ध गराउन नसक्नु नै उनको राजनीतिक करियरको पलायनताको संकेत रहेको बताए। उनले बताए अनुसार यदि चामलिङ शान्तिपूर्वक ढङ्गमा याङगाङमा प्रवेश गरेको भए एसकेएमका कार्यकर्ताहरूले ताली साथै हात जोडेर स्वागत जनाउने कार्यक्रम बनाएको जानकारी गराए। तर उनले स्थानीयहरूलाई उत्तेजित बनाएर हिंसा उत्पन्न गराउने योजना लिएर आएको हुनाले हेलमेट लगाएको बताए। चामलिङ याङगाङमा आउँदा हात जोडेर स्वागत जनाउँदै नयाँ इतिहास रच्ने एसकेएम पार्टीको योजना साथै सोंच रहेको थियो तर उनले अहिंसात्मक गतिविधि सृजना गराएर सिक्किमको बदनाम होस् भन्ने योजना बनाएको कारण उनको विरूद्ध नाराबाजी गरिएको जनाए। तर एसकेएम पार्टीका कार्यकर्ताहरू अनुशासनमा बसेपछि उनको योजना विफल भएको याखाले ठोकुवा गरे। २५ वर्षसम्म मुख्यमन्त्रीको पदमा रहेका चामलिङले हाल आफ्नो भाषणमा घृणित शब्दहरूको प्रयोग गरेकोमा उनले दुःख प्रकट गरे। वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङले शुरू गरेको विभिन्न कल्याणकारी योजनाहरू चामलिङको निम्ति असहाय बनेकोले उनले जनतालाई निराशा बनाउने मन्तव्य प्रकट गरिरहेको बताए। पूर्व मुख्यमन्त्री चामलिङ आफ्नो भाषणमा प्रयोग गरिएका शब्दहरूको कारण नाङगिएर जाने याखाले ठोकुवा गरे। हाल उनी आफ्नो छोरी कोमल चामलिङलाई मुख्यमन्त्री बनाउने राजनीति गरिरहेको उनले दावी गरे।चामलिङले केवल आफ्नो परिवारलाई मात्र अघि बढनाउने सोंच राखेकोले युवाहरू एसकेएम पार्टीमा सामेल भइरहेको मन्तव्य प्रकट गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *