नामथाङमा विभिन्न प्रजाति एवं प्रविधिमाथि एक दिवसीय प्रशिक्षण कार्यक्रम

IMG-20230319-WA0011.jpg

गान्तोक: विभिन्न प्रजाति र प्रविधिहरूमाथि एक दिवसीय प्रशिक्षण कार्यक्रम नामथाङको कृषि विज्ञान केन्द्रमा सम्पन्न भयो। प्रमुख वैज्ञानिक (कृषि विस्तार), सामाजिक विज्ञान र प्रशिक्षण विभाग डा. बी बालकृष्ण; डा चेतन कुमार, डा एनआर प्रसन्नकुमार, जस्ता वैज्ञानिकहरू कार्यक्रममा सहभागी बन्न बङगलुरुबाट सिक्किम आएका थिए। कार्यक्रममा रुचुङ र छुवा, बर्मियोक-टोकल एङ्गपीओ, पासी एङ्गपीओ, डोङ एङ्गपीओका प्रतिनिधितो सहभागिता रहेको थियो। कार्यक्रम खवरिष्ठ वैज्ञानिक इन्द्रप्रसाद शिवाकोटीले कार्यक्रमबारे प्रकास पारे। उनले आईसीएआरको विभिन्न कार्यक्रमबारे पनि प्रकाश पारे। डा. बी. बालकृष्णले आफ्नो पावर पोइन्ट प्रस्तुतीकरण मार्ङ्गत सिक्किम राज्यका लागि उपयुक्त बागवानी बालीका प्रजातिहरू र विकसित प्रविधिहरूको बारेमा विस्तृत जानकारी दिए। डा एनआर प्रसन्नकुमारले एकीकृत कीट व्यवस्थापन प्रविधिहरूबारे जनाए। डा. चेतनकुमारले सब्जी र ङ्गलङ्गूलका लागि प्रयोग हुने विकसित विभिन्न सूक्ष्म पोषक तत्वहरूको बारेमा बताएका थिए। कृषक समुदायले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्न किसान-वैज्ञानिक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो। सिक्किममा केन्द्रको कार्यक्रम कार्यान्वयनमा वैज्ञानिक डा. बी बालकृष्णको ठूलो योगदानको कदर गर्न एक सम्मान कार्यक्रम पनि आयोजित गरिएको थियो। कार्यक्रमको प्राविधिक सत्रमा कर्मा पेडेन काल्योनद्वारा कार्यक्रमबारे थप जानकारी दिइएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *