पूर्व मेयर अशोक भट्टाचार्यको ब्याग चोरी

Screenshot_20230318_222900_Google.jpg

सिलगढ़ी: शनीबारको दिन सिलगढ़ीका पूर्व मेयर अशोक भट्टाचार्यको ब्याग ट्रेनबाट चोरी भएको छ। कोलकाता गएको समय अशोक भट्टाचार्यको ब्याग दार्जीलिङ मेलमा चोरी भएको छ। अशोक भट्टाचार्यले सियालदह जीआरपीमा यसको शिकायत पनि दर्ता गराएका छन्। अशोक शुक्रवार राति सिलगढ़ीदेखि दार्जीलिङ मेलमा कोलकाताको निम्ति निस्केका थिए।उनी दार्जिलिङ मेलको एसी कोचमा थिए। आज बिहान जब उनी सियालदहमा उत्रे तब उनको ब्याग हराएको पाए। त्यस ब्यागमा रूपियाँ, मोबाइल सहित धेरै अहम कागजपत्र थियो। जसपछि उनले यस सम्बन्धमा सियालदह जीआरपीमा बिहान शिकायत दर्ता गराए। जीआरपीले दर्ता शिकायतपछि जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *